कांग्रेस जिल्ला अधिवेशन : आठ जिल्लाको परिणाम आउँदा कहाँ को ?

आइतबार, २२ फागुन, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसको जारी १६ जिल्लाको अधिवेशनबाट आठ जिल्लाको नेतृत्व चयन भएको छ। परिणाममध्ये हालसम्म संस्थापन पक्षबाट जिल्ला सभापतिमा कैलालीमा नारायणदत्त भट्ट, मकवानपुरमा बुद्ध लामा र पर्सामा जनार्दनसिंह क्षेत्री चयन भएका छन्।

त्यस्तै, शेखर कोइरालाले नेतृत्व गरेको संस्थापनइतर समूहबाट जिल्ला सभापतिमा चितवनमा राजेश्वर खनाल, बाँकेमा नारायण गौडेल र नवलपुरमा महेन्द्रध्वज जिसी चयन भएका छन्। 

यता, महोत्तरीमा नागेश्वर यादव तथा सिन्धुलीमा उपेन्द्र पोख्रेल निर्वाचित भएका छन्। कांग्रेस केन्द्रीय निर्वाचन समितिले बाँकी जिल्लामा निर्वाचन प्रक्रिया जारी रहेको र परिणाम आउने क्रममा रहेको जानकारी दिएको छ।

सुझावित समाचार