१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ फाल्गुण २२ आइतबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ फाल्गुण २२ आइतबार १२:१२:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

‘प्रेमगन्ज’ भदाै ३ बाट नेपालभर प्रदर्शनमा आउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ फाल्गुण २२ आइतबार १२:१२:oo

फिल्म ‘प्रेमगन्ज’को प्रदर्शन मिति घोषणा भएको छ। फिल्म क्षेत्रका विभिन्न व्यक्तिहरूको शुभकामनासहित आगामी भदाै ३ बाट फिल्म प्रदर्शनमा आउने घोषणा गरिएको हो।

निर्माण टिमले फिल्मको प्रदर्शन मिति घोषणामा केही फरकपन दिएको छ। कलाकारहरू नीर शाह, विकाशराज आचार्य, नरेन्द्र महर्जन, छवि ओझा, दीपेन्द्र के. खनाललगायतको शुभकामनासहितको भिडियो सार्वजनिक गर्दै निर्माण टिमले प्रदर्शन मिति घोषणा गरेको हो।

परिच्छेद सेनको लेखन तथा निर्देशन रहेको फिल्मबाट तेज गिरिले डेब्यु गर्दै छन्। तेज पेसाले बैंकरसमेत हुन्। तेज र बेनिशा हमालसहित फिल्ममा सम्पदा बानियाँ, पवन भट्टराई, सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्कालगायतका कलाकारको अभिनय रहेको छ। सुप्रिया, प्रशान्त, सिमरन अडिसनबाट छानिएका हुन्। फिल्ममा नरेश पौडेल, रश्मी भट्ट, सञ्जोग रसाइली, गीता अधिकारीलगायतको पनि अभिनय देख्न पाइन्छ।

लामो समय ‘स्पट व्वाइ’का रूपमा काम गरेका राजु फुँयालको प्रस्तुति रहेको फिल्म ‘चलचित्र चौतारी’को ब्यानरमा बनेको हो। फिल्मका कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन्। सञ्जय लामाको छायांकन रहेको फिल्म डेढ करोडको लगानीमा बनेको बताइएको छ।