Skip This
नेपाल फर्मा एक्स्पो २०२२ आगामी वैशाखमा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २६ बुधबार १७:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नेपाल फर्मा एक्स्पो २०२२ आगामी वैशाखमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार १७:४६:oo

नेपाल औषधि उत्पादक संघले आगामी वैशाख ९ देखि ११ सम्म नेपाल फर्मा एक्स्पो २०२२ गर्ने भएको छ। शुक्रबार पत्रकार सम्मेलन गर्दै संघले भरतपुरमा फर्मा एक्स्पो आयोजना गर्ने बताएको छ।

संघका अध्यक्ष प्रज्वलजंग पाण्डेले नेपालमा उत्पादन भइरहेको औषधि उत्पादनको प्रविधि र यसमा अपनाइएका संवेदनशीलताको बारेमा जनमानसमा सचेतना दिने, नेपालको औषधि उत्पादनलाई अन्तर्राष्ट्रियस्तरसम्म पुर्याउन अझ प्रविधिमैत्री र दक्षता प्रदान गर्ने, औषधि प्राविधिक र फर्मासिस्टहरूलाई अन्तर्राष्ट्रियस्तरको नवीन प्राविधिक ज्ञान दिने उद्देश्य एक्स्पोको रहेको बताए।

एक्स्पोमा १६० स्टल रहनेछन्। औषधि क्षेत्रमा नयाँ प्रविधिको खोज गरिरहेका विभिन्न १२० बहुराष्ट्रिय कम्पनी र ४० नेपाली औषधि उद्योगहरूले पनि एक्स्पोमा भाग लिनेछन्। काठमाडौं बाहिर दोस्रोपटक चितवनमा हुन लागेको एक्स्पोमा करिब १५ हजार अवलोकनकर्ताले भ्रमण गर्ने संघको अपेक्षा छ। नेपालमा हाल प्रत्येक वर्ष ३५ वटा प्राविधिक कलेजबाट करिब १५ सय औषधि प्राविधिक र ५ सयको हाराहारीमा फर्मासिस्ट उत्पादन हुँदै आएका छन्।

ad
ad