Skip This
२३औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप चैत २६ देखि
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
२o८१ बैशाख २६ बुधबार ११:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

२३औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप चैत २६ देखि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार ११:२६:oo

२३औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगिता आगामी चैत २६ देखि हुने भएको छ। कोरोना महामारीका कारण गत वर्ष स्थगित भएको प्रतियोगिता यस वर्ष धरान– १६ स्थित रंगशालामा हुन लागेको हो।

प्रतियोगितामा आयोजक क्लबसहित आठ टिम सहभागी हुने आयोजक धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले जानकारी दिए। उनका अनुसार हालै सम्पन्न सहिद स्मारक लिगका उत्कृष्ट तीन टिमसमेत प्रतियोगितामा सहभागी हुने छन्। भारतका दुई र मोफसलका अन्य दुई उत्कृष्ट क्लब पनि प्रतियोगितामा सहभागी हुने अध्यक्ष राईले जानकारी दिए।
 
प्रतियोगिताको विजेताले ट्रफीसँगै नगद १० लाख, उपविजेताले नगद पाँच लाख तथा उत्कृष्ट खेलाडीले एक लाख ५० हजार पाउनेछन्। प्रतियोगितामा करिब ५१ लाख ३२ हजार खर्च हुने तथा करिब १५ लाख नाफा हुने आयोजकको अनुमान छ।

विजेता र उपविजेतालाई दिइने नगद पुरस्कार धरान उपमहानगरपालिकाले व्यवस्थापन गर्नेछ। त्यसका लागि उपमहानगरले १८ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। जसमध्ये तीन लाख रुपैयाँ धरानको टिम तयारीका लागि खर्च गरिने अध्यक्ष राईले बताए। राईले यसपटक उपाधि जित्ने लक्ष्यसहित आयोजकले दुई टिम तयार गर्ने जानकारी दिए। उपाधि जित्ने गरी ए डिभिजन र विदेशी खेलाडीसमेत समावेश गरेर सिनियर टिम तयार गरिने उनले बताए। 

ad
ad