Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७८ फाल्गुण १९ बिहीबार ०९:३०:००
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

कबड्डी –४ को  प्रदर्शन मिति सर्‍यो

Read Time : < 1 मिनेट
२०७८ फाल्गुण १९ बिहीबार ०९:३०:००

नेपाली चलचित्र ‘कबड्डी–४’ को प्रदर्शन मिति सरेको छ । चलचित्र निर्देशक रामबाबु गुरुङले प्रदर्शन १३ जेठलाई नयाँ मिति तय गरेको जानकारी दिए । यसअघि चलचित्रको टिजर सार्वजनिक गर्दै ३० वैशाखमा प्रदर्शन मिति घोषणा गरिएको थियो । 

आगामी ३० वैशाखमा स्थानीय तहको निर्वाचन मितिसमेत भएकाले चलचित्रमा प्रभाव पर्ने देखिएकाले मिति सारेको उनले बताए । चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, माओत्से गुरुङलगायत कलाकारहरूको अभिनय छ ।

चलचित्रलाई रामबाबु गुरुङ र उपेन्द्र सुब्बाले लेखेका हुन् । चलचित्रमा शैलेन्द्र डी. कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन, कालीप्रसाद बाँस्कोटा, एसडी योगी र अनुपम शर्माको संगीत छ ।