१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:३९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमसिसीबारे राजेन्द्र लिङदेनले भने– संसद्का सबै निर्णय ठीक हुँदैनन्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:३९:oo

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले संसद्का सबै निर्णय ठीक नहुने बताएका छन्। संसदमा एमसिसीबारेको छलफलमा बोल्दै उनले एमसिसी केवल आर्थिक सहायताको विषय मात्रै नभएको बताए। उनले यसलाई राष्ट्रिय सहमतिमा पास गर्ने गरी स्थगन गर्न माग गरे।

‘जनता सडकमा छन्। संसदमा काँडेतार लगाइएको छ। संसद्को ठूलो दल एमाले संसदमा नारा लगाइरहेकाे छ। यही वेला एमसिसी निर्णयार्थ पेस गरिएको छ। यो केवल आर्थिक सहायताको विषय मात्रै होइन। यसलाई राष्ट्रिय सहमतिमा पास गर्ने गरी स्थगन गर्नुपर्छ,’ उनले भने।

उनले एमसिसीको एक–एक दफामा छलफल हुने वातावरण बनाउनुपर्ने धारणा राखे। ‘यसअघि लिएका सहयोग कुनै पनि संसदबाट पारित गरिएन। तर, पाँच वर्षमा सम्पन्न हुने सम्झौतालाई किन संसदमा पेस गर्नुपर्‍यो भनेर जनताले प्रश्न गरिरहेको अवस्था छ,’ उनले भने। 

एमसिसीबारे व्याख्यात्मक टिप्पणी अमेरिकाले मान्छ कि मान्दैन भन्ने प्रस्ट पार्नुपर्ने बताए। ‘व्याख्यात्मक टिप्पणी गर्ने भनिएको छ, त्यसलाई अमेरिकाले सहयोग गर्छ कि गर्दैन ? वैदेशिक सम्बन्ध सत्ता चढ्ने सिँढी मात्र बनाइनुहुँदैन आलोकाँचो भएर हुँदैन। अहिले युक्रेनको अवस्थालाई हेरौँ,’ उनले भने।