Skip This
निर्मल पुर्जा नेपालको पर्यटनका लागि विश्व सदभावना दूत नियुक्त
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २६ बुधबार १६:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

निर्मल पुर्जा नेपालको पर्यटनका लागि विश्व सदभावना दूत नियुक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार १६:३२:oo

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हिमाल आरोही निर्मल पुर्जालाई नेपालको पर्यटनका लागि विश्व सदभावना दूत नियुक्त गरेको छ। बिहीबार मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरी मन्त्री प्रेमबहादुर आलेले पुर्जालाई विश्व सदभावना दूत नियुक्त गरेको घोषणा गरेका हुन्।

कार्यक्रममा पुर्जालाई नेपाललाई विश्वसामु चिनाउन महत्वपूर्ण योगदान दिएको भन्दै सम्मान पनि गरिएको थियो। मन्त्री आलेले पुर्जालाई नेपालको पर्यटनका लागि सदभावना दूत घोषणा गर्न पाउनु आफ्नो कार्यकालको सबैभन्दा खुसीको क्षण भएको बताए।

कार्यक्रममा बोल्दै आरोही पुर्जाले मन्त्रालयले गरेको सम्मानले आफ्नो जिम्मेवारी थपिएको महसुस गरेको बताए। आगामी दिनमा पनि देशलाई विश्वमाझ चिनाउन आफूले योगदान गर्न चाहेको उनले उल्लेख गरे।

पुर्जाले सर्वोच्च शिखर सगरमाथासहित आठ हजार मिटरभन्दा अग्ला विश्वका १४ वटै हिमाल आरोहण गरी विश्वकीर्तिमान कायम राखेका छन्। उनले बनाएका फोर्टिन पिक्स : नथिङ इज इम्पोसिबल डकुमेन्ट्रीले विश्वभर चर्चा कमाएको छ।

 

ad
ad