१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका सोलुखुम्बु
२o८१ बैशाख २० बिहीबार १७:४o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सोलुखुम्बुमा एकल महिलाको सुन लुटपाट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, सोलुखुम्बु
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १७:४o:oo

सोलुखुम्बुमा एक महिलाको सुन लुटपाट भएको छ। सोलुदूधकुण्ड नगरपालिका–१० टाप्टिङ च्याङ्बानिवासी ५० वर्षीया माया शेर्पाको दुई तोला पाँच आनाको सुनको रिङ लुटपाट भएको हो।

गाउँभन्दा केही टाढा रहेको शेर्पाको घरमा सोमबार राति करिब साढे ११ बजेको समयमा अपरिचित व्यक्तिले लुटपाट गरेको हो। प्रतिकार गर्ने क्रममा कान च्यातिएर उनी बेहोस भएकी थिइन्। हाल उनको वोङ्छु मेमोरियल हस्पिटलमा उपचार भइरहेको स्थानीय आङछेवाङ दोर्जी शेर्पाले बताए। उनी एकल महिला हुन्।

लुटपाटमा संलग्न व्यक्तिको खोजी गर्नुका साथै घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक ऋषिराज ढकालले बताए।

ad
ad