१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार १५:५१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

लमजुङको राइनासमा भक्ति थापा पार्क निर्माण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १५:५१:oo

लमजुङको राइनास नगरपालिका– ९, मोहोरियाकोटमा भक्ति थापा पार्क निर्माण गरिएको छ । राष्ट्रिय विभूति भक्ति थापाको उच्च सम्मान र पर्यटकीय आकर्षणको केन्द्र बनाउनका लागि ऐतिहासिक स्थल राइनास मोहोरियाकोटमा ‘भक्ति थापा पार्क’ निर्माण गरिएको राइनास नगरपालिकाका प्रमुख सिंहबहादुर थापाले बताए । 

नगरपालिका प्रमुख थापाका अनुसार ५ रोपनी क्षेत्रफलमा रहेको पार्कमा भक्ति थापाको ३० फिट अग्लो शालिक निर्माण गरिएको हो । ३ करोड ९९ लाख खर्च गरी पार्कसहितका विभिन्न संरचना निर्माण गरिएको पनि थापाले बताए । उनका अनुसार पार्कसम्म आउने पक्की बाटो निर्माण, पार्कमा ‘टी सप’, संग्रहालय, पार्किङ स्थललगायतका अन्य संरचना भने बनाउन बाँकी रहेको र बिस्तारै ती संरचना निर्माण गरिनेछ । 

भक्ति थापा वि.सं. १९७१ मा नेपाल–अंग्रेज युद्धको बखत नेपालका वरिष्ठ सैनिक थिए । भक्ती थापाले वि.सं. १८७८ मा ७३ वर्षको उमेरमा नेपाल अंग्रेज युद्धमा देउथलको लडाइँको नेतृत्व गरेका थिए । देउथलमा अंग्रेजविरुद्ध तरबारसहित तीन सय सेना लिएर युद्ध गरेका थापाको अंग्रेजको गोली लागेर मृत्यु भएको थियो ।भक्ती थापाले लमजुङका तर्फबाट धेरैपटक युद्ध लडेको इतिहास छ । उनी लमजुङ जिल्लाको पुँवर थापा परिवारमा जन्मिएका हुन् । पछिल्लो समय राइनासकोट पर्यटकको प्रमुख गन्तव्यसमेत बनेको छ । भक्ति थापा पार्कबाट बिहानैको मनमोहक सूर्योदय र साँझपखको सूर्यास्तको दृश्य, विभिन्न हिमाल तथा नागवेली आकारमा बगेका चेपे र मर्स्याङ्दी नदीको दृश्य देख्न सकिन्छ । 

यस्तै राइनासकोटमा बाइसे–चौबिसे राज्य शासनमा निर्माण गरिएका ऐतिहासिक राइनासकोट किल्ला, स्थानीय कालिका, कोटेश्वर महादेव, थानीमाई मन्दिरलगायत थुप्रै कोट, किल्ला र गढीहरूको अवलोकन गर्न सकिन्छ । लमजुङ जिल्लाको राइनासकोट शाहवंशीय राजाको उदगमस्थल मानिन्छ । 

ad
ad