१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
समाचार डिजिटल संस्करण

नक्कली मह उत्पादन गर्ने नरेशको नक्कली बिस्कुट उत्पादन गर्ने नयाँ धन्दा (तस्बिरसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:४८:oo

गुणस्तरहीन मह उत्पादन गरी बजारमा बिक्री गर्दै आएका नरेश भनिने नरबहादुर श्रेष्ठले नक्कली बिस्कुटसमेत उत्पादन गरी बिक्री गर्दै आएको खुलेको छ। महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले श्रेष्ठबाट सञ्चालित ललितपुरको सुनाकोठीमा नक्कली बिस्कुट उत्पादन गर्ने कारखाना नै फेला परेको छ।

कारखानामा तीन वर्षअघिदेखि संकलन गरिएका पुराना बिस्कुटकाे धुलो बरामद भएकाे छ। प्रहरीका अनुसार उनले बजारमा बिक्री नभएका पाउरोटी, बिस्कुट, कुकिज जम्मा गरी धुलो बनाएर पुनः बिस्कुट, कुकिज र पाउरोटी उत्पादन गर्ने गरेको भेटिएको छ। महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइरालाले विशेष सूचनाका आधारमा नक्कली बिस्कुट, पाउरोटी र कुकिज उत्पादन गर्ने कारखानामा छापा मारिएको बताए।

उनले भने,‘नरबहादुर श्रेष्ठ नक्कली मह उत्पादन धन्दामा पक्राउ परेका थिए। उनैले नक्कली कुकिज, बिस्कुटलगायतका खाद्य सामग्री पनि उत्पादन गर्दै आएको खुलेको छ। उनको कारखानामा  हामीले छापा मार्यौं। तीन वर्षअघिदेखिका बिस्कुटकाे धुलो फेला परेकाे छ। कारखाना हामीले सिल गरेका छौँ।’