१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ ७ शुक्रबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ माघ ७ शुक्रबार १४:१९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ग्लुकोज र चिनीजस्ता पदार्थ मिसावट गरी मह बिक्री गरेको अभियोगमा एकजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ माघ ७ शुक्रबार १४:१९:oo

काठमाडौं उपत्यकाभित्र गुणस्तरहीन महको उत्पादन एवं बिक्री वितरण गरेको अभियोगमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–२७ ज्याठास्थित नतिजा प्याकेजिङका सञ्चालक ३८ वर्षीय नरेश श्रेष्ठ भन्ने नरबहादुर श्रेष्ठलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो।

श्रेष्ठले मिसावट गरी गुणस्तरहीन मह उत्पादन गरेर बिक्री गर्दै आएको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार उनको साथबाट मह उत्पादनमा प्रयोग हुने मेसिन, केमिकलहरू र गुणस्तरहीन सात हजार ६ सय किलोग्राम मह बरामद गरिएको छ। श्रेष्ठले सात वर्षदेखि गुणस्तरहीन मह वितरण गर्दै आएको महाशाखाले जनाएको छ। उनले नतिजा प्याकेजिङको नाममा कम्पनी दर्ता गरी स्पर्श हनी नामको लेबल टाँसी बिक्री वितरण गरेको खुलेको छ।

उनले काठमाडौं, भक्तपुर र पोखराका होटेल, रेस्टुरेन्टहरूमा महको थोक तथा खुद्रा बिक्री वितरण गर्दै आएको र मह बनाउन प्रयोग हुने कच्चा पदार्थ दाङ, नवलपरासी र चितवनबाट खरिद गर्ने गरेको महाशाखाले जनाएको छ। उनले मह बनाउन ग्लुकोज, चिनी र अन्य पदार्थ प्रयोग गर्ने गरेको प्रहरीले जनाएको छ।