१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १८:४५:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

नाग्म–गमगढी सडक : घाम लाग्दा धुलाम्य, पानी पर्दा हिलाम्य 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:४५:oo

नेपालको सबैभन्दा ठूलाे रारा ताल कर्णाली प्रदेशको मुगु जिल्लामा पर्दछ । नेपालगन्ज, सुर्खेत, कालिकोट, जुम्ला कर्णाली राजमार्ग अन्तर्गतको नाग्म– गमगढी सडक हुँदै मुगुको रारा ताल पुगिन्छ । २०६२ सालमा कर्णाली राजमार्ग ट्रयाक खोलिएको हो । कर्णाली राजमार्ग ट्रयाक खोलेको केही वर्षपछि यसै राजमार्गअन्तर्गतको नाग्म– गमगढी ट्रयाक खोलिए पनि झन्डै १५ वर्षको अवधिमा यो सडक कालोपत्रे हुन सकेको छैन । 

सडक कालोपत्रे नहँदा यो सडकमा यात्रा गर्ने पर्यटकदेखि नागरिकले दुःख पाउने गरेका छन् । पर्यटकीय दृष्टिकोणले यही राजमार्गमार्फत आवतजावत गर्नुपर्ने तर सडकको स्तरवृद्धि नहुँदा घाम लाग्दा धुलाम्य र पानी पर्दा हिलाम्य हुने गरेको छ । सडककै कारण यहाँ उत्पादिन कृषि बाली तथा स्याउ ओखरसहित फलफूललाई निर्यात गर्न कठिनाइ हुने गरेको स्थानीय खाम्बा शाहीले बताए ।

५२ किमि ग्राभेल  
कर्णाली राजमार्गअन्तर्गतको नाग्म–गमगढी राजमार्गको ५२ किलोमिटर ग्राभेल भएको छ ।  डिभिजन सडक कार्यालय जुम्लाले पछिल्लो समय अलपत्र परेको तल्लो क्षेत्रको ग्राभेल कार्य अगाडि बढाएपछि करिब ५२ किमि ग्राभेल कार्य सकिएको हो । 

डिभिजन सडक कार्यालय जुम्लाका इन्जिनियर सन्तोष भण्डारीले  नाग्म–गमगढी राजमार्गको ९३ किलोमिटर लम्बाइको स्तरवृद्धिको लागि काम भइरहेको बताए। जुम्ला र कालिकोटको सीमा नाग्मदेखि हिमा गाउँपालिका क्षेत्रमा सांसद बहादुरसिंह लामाको फमको ठेक्का पनि अहिले काम भइरहेको छ । सो क्षेत्रको ठेक्का ५ वर्षदेखि बाँकी ६ किलोमिटर सडकको काम हुन सकेको थिएन । अहिले स्थानीय निर्माण व्यवसायी बलीबहादुर शाहीले निर्माण गरिरहेका छन् । अब सो काम अन्तिम टुंगो लाग्दै छ । 

त्यो राजमार्गको विभिन्न स्थानमा गरी अहिले ५२ किलोमिटर ग्राभेल कार्य भइसकेको र अन्य काम अगाडि बढाइने डिभिजन सडकले बताएको छ । सो क्षेत्रमा अप्ठ्यारो स्थान निर्माणका लागि अगाडि बढाइएको छ । मुगु जिल्लाको गमगढीबाट ताल्चासम्मको सडक कंक्रिट सिमेन्टले निर्माण गर्न थालिएको डिभिजन सडक कार्यालयले जनाएको छ । 

१० पुल निर्माण सम्झौता 
नाग्म–गमगढी अर्थात् रारा–सिँजा राजमार्गका विभिन्न क्षेत्रमा १० वटा पुल पनि बन्ने भएका छन् । इन्जिनियर भण्डारीका अनुसार सड्क विभागको पुल महाशाखाअन्तर्गत नाग्म, बाजागाडासहित विभिन्न खोलाका १० वटा पुल ठेक्का प्रक्रियामा गई सम्झौतासमेत अगाडि बढेको बताए ।  

२० किमि कालोपत्रे हुने 
त्यस्तै नाग्म–गमगढी राजमार्गकोे २० किलोमिटर क्षेत्र कालोपत्रे हुने भएको छ । डिभिजन सड्क कार्यालयका अनुसार सरकारको यो वर्षको बजेट योजनाअनुसार २० किलोमिटर क्षेत्रमा कालोपत्रे गर्ने योजना रहेको छ। यो वर्ष सो योजनालाई प्राथमिकता दिने कार्यालयको जोड रहेको कार्यालय  कार्यालय प्रमुख श्रेष्ठले बताए । उनले कालोपत्रेका लागि अर्थ मन्त्रालयसँग स्वीकृति मागेकाेसमेत जानकारी दिए ।