Skip This
एमसिसी पास, फेल जे पनि हुन सक्छ, तर राष्ट्रको हितमा छ :  प्रधानमन्त्री देउवा (भिडियो)
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २७ बिहीबार
  • Thursday, 09 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २७ बिहीबार १२:५३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

एमसिसी पास, फेल जे पनि हुन सक्छ, तर राष्ट्रको हितमा छ :  प्रधानमन्त्री देउवा (भिडियो)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २७ बिहीबार १२:५३:oo

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी परियोजना राष्ट्रकाे हितमा रहको बताएका छन्। बालुवाटारमा कांग्रेस नेता अर्जुननरसिंह केसीको पुस्तक ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास (सिद्धान्त तथा नीतिको परिचयसहित)’ को लोकार्पण गर्दै उनले यस्तो बताएका हुन्।

‘एमसिसी पास गराउन हामीले एक मतले निर्णय गरेका हौँ। त्यसमा लागिराखेको छु। फेल पनि हुन सक्छ, पास पनि हुन सक्छ थाहा छैन। तर, राष्ट्रको हितमा छ भन्ने कुरा सत्य कुरा हो यो। हामीले भन्नुपर्छ यो, सत्य हो,’ देउवाले भने।

प्रधानमन्त्री देउवाले आफू एमसिसी परियोजनालाई संसदबाट पारित गराउन लागिपरिरहेको बताए। उनले एमसिसी पारित गराउने कांग्रेसको सर्वसम्मत निर्णयअनुरूप आफू लागिपरिरहेको उनले प्रस्ट पारे। उनले एमसिसी परियोजना संसदबाट पास वा फेल जे पनि हुन सक्ने बताए।


 

ad
ad