
नेपाली कांग्रेस सम्बद्ध कानुन व्यावसायी संगठन नेपाल डेमोक्रेटिक लयर्स एसाेसियसन (डिएलए)को महाधिवेशन स्थगित भएको छ। फागुन ७ गते शनिबारका लागि तय भएको अधिवेशन अर्को मिति तय नभएसम्मका लागि स्थगित भएको हो।
डिएलएका केन्द्रीय सदस्य अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलका अनुसार काठमाडौं जिल्लाको अधिवेशन नै नभएको र विभिन्न जिल्लाबाट मतदाता नामावली केन्द्रमा आइनसकेकाले निर्वाचन समितिले निर्वाचन कार्यक्रम स्थगित गरेको छ। निर्वाचनको अर्को कार्यक्रम पछि प्रकाशित हुने पौडेलले जानकारी दिए।