१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ९ बुधबार
  • Wednesday, 22 May, 2024
एजेन्सी
२o८१ जेठ ९ बुधबार २२:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

बेलायतमा भइरहेका भारतविरोधी गतिविधिविरुद्ध उपयुक्त कदम चाल्न बेलायतलाई भारतको आग्रह 

Read Time : < 1 मिनेट
एजेन्सी
नयाँ पत्रिका
२o८१ जेठ ९ बुधबार २२:२६:oo

भारतले बेलायतमा केही चरमपन्थी र कट्टरपन्थी तत्वहरूको ‘भारतविरोधी’ गतिविधिहरूमा चिन्ता व्यक्त गर्दै सतर्कतापूर्वक त्यस्ता गतिविधिविरुद्ध उपयुक्त कदम चाल्न बेलायत सरकारलाई आग्रह गरेको छ । दुई देशका गृहसचिवहरूको भर्चुअल बैठकमा भारतले बेलायतलाई यस्तो आग्रह गरेको हो । 

भारतले बेलायती अधिकारीहरूलाई सुपुर्दगीका मुद्दाहरू छिटो टुंग्याउन आवश्यक रहेको बताएको छ । ‘भारतीय पक्षले बेलायतमा केही चरमपन्थी र कट्टरपन्थी तत्वहरूको भारतविरोधी गतिविधिहरूमा चिन्ता व्यक्त गरेको छ । त्यस्ता तत्वहरूको गतिविधिमा निगरानी राख्न र उपयुक्त रूपमा सक्रिय कारबाही गर्न आग्रह गरेको छ,’ बैठकपछि भारतद्वारा जारी विज्ञप्तिमा भनिएको छ । दुवै पक्ष दुई देशबीच सुरक्षा सहयोगलाई निरन्तरता दिन सहमत भएको पनि विज्ञप्तिमा उल्लेख छ । द्विपक्षीय वार्तामा मातृभूमि सुरक्षा, साइबर सुरक्षा, सुपुर्दगी मुद्दालगायतमा छलफल भएको पनि जनाइएको छ । 

वार्तामा भारतीय प्रतिनिधिमण्डलको नेतृत्व केन्द्रीय गृहसचिव अजयकुमार भल्ला र बेलायती प्रतिनिधिमण्डलको नेतृत्व गृह कार्यालयका स्थायी सचिव म्याथ्यु राइक्रफ्टले गरेका थिए ।
 

ad
ad