मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ८ मंगलबार
  • Sunday, 23 March, 2025
तस्बिर : अमुल थापा/नयाँ पत्रिका ।
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ८ मंगलबार १३:२१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रिय सूचना बेचेको प्रमाणित गर्नुस्, नत्र सदनबाट गलहत्याउँछौँ : कांग्रेस सांसद पाण्डे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ८ मंगलबार १३:२१:oo

नेपाली कांग्रेसले राष्ट्रिय सूचना बेच्ने एजेन्ट चिनाएर प्रमाणित गर्न गृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेलाई चुनौती दिएको छ।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले राष्ट्रिय सूचना बेचेको प्रमाणित गरे आफूहरू गृहमन्त्रीको साथमा रहने बताए। अन्यथा निराधार आरोप लगाए गृहमन्त्रीलाई नै सदनबाट गलहत्याउन पछि नहट्ने चेतावनी दिए।

‘राष्ट्रिय सूचनाहरू बेच्ने एजेन्टहरू यही सदनमा छन् भन्नुभएको  छ। माननीय गृहमन्त्रीज्यू, को हो त्यो एजेन्ट देखाउनुहोस् । उसलाई यो सदनबाट गलहत्याउन तपाईंको साथमा हामी लाग्नेछौँ। होइन, निराधार आरोप लगाउनुहुन्छ भने माननीय गृहमन्त्रीज्यू तपाईंलाई यो सदनबाट गलहत्याउने कामबाट पनि हामी चुक्नेछैनौँ,’ उनले भने।

संसद्को रोस्टममा उभिएर उपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछाने बर्बराएर लाखौँ नागरिकलाई बराल्ने काम गरेका भन्दै सांसद पाण्डेले भने, ‘हामीले ठानेका थियौँ, गृहमन्त्रीले हामीलाई राम्रो पढाउनुहोला। तर, उहाँ बोल्न उभिनुभएन रोस्टममा, बर्बराउन उभिनुभयो । लामो समय बर्बराउनुभयो । बर्बराउनु मात्रै भएन, लाखौँ–करोडौँ मानिसलाई उहाँले बराल्ने काम पनि गर्नुभयो।’