१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:३o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

निजामती कर्मचारी युनियनको महाधिवेशन फागुन २१ बाट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:३o:oo

नेपाली कांग्रेसनिकट निजामती कर्मचारीहरूको छाता संगठन नेपाल निजामती कर्मचारी युनियनको आठौँ केन्द्रीय महाधिवेशन यही फागुन २१ गतेदेखि २३ गतेसम्म हुने भएको छ। युनियनको भर्खरै सम्पन्न बैठकले महाधिवेशन काठमाडौंमा गर्ने निर्णय गरेको हो। युनियनले यसअघि गत माघ ८ देखि १० गतेसम्म महाधिवेशन गर्ने निर्णय गरे पनि कोरोना संक्रमणका कारण स्थगित भएको थियो।

युनियनको वर्तमान कार्यसमितिको म्याद चैतसम्म मात्र भएकाले स्वास्थ्य मापदण्ड अपनाएर फागुनभित्रै महाधिवेशन सम्पन्न गर्न लागिएको युनियनका उपमहासचिव दुर्गाप्रसाद फुँयालले जानकारी दिए। उपमहासचिव फुँयालले माघमा नै महाधिवेशन सम्पन्न गर्ने यसअघिको बैठकअनुसार काम अगाडि बढाइएकाले महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको बताए।