१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार १२:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नेपालका ४० ठाउँमा हुन्डाईको चार्जिङ स्टेसन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १२:oo:oo

नेपालका लागि हुन्डाई मोटर्सको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ४० स्थानमा इलेक्ट्रिक भेहिकलको चार्जिङ स्टेसन स्थापना गरेको छ । कम्पनीले देशभर चार्जिङ स्टेसन विस्तार गर्ने योजनाअनुसार हालसम्म ४० स्थानमा स्थापना भएको हो ।  

कम्पनीले बिक्री गर्ने विद्युतीय कारको बढ्दो मागसँगै कम्पनीले आवश्यक पूर्वाधार निर्माणलाई प्राथमिकता दिएर काम गरिरहेको उल्लेख गरेको छ । हुन्डाईको इलेक्ट्रिक गाडी चढ्ने ग्राहकलाई उत्कृष्ट अनुभव प्रदान गर्न र लामो दूरीको यात्रा पनि इलेक्ट्रिकमा गर्न सक्ने बनाउन देशका विभिन्न स्थानमा चार्जिङ स्टेसनहरू स्थापना गर्दै आएको कम्पनीले जनाएको छ । नेपालका सबै हाइवे र स्थानीय रुटहरूमा पेट्रोलपम्पहरू उपलब्ध भए पनि इभी चार्जिङ प्वाइन्ट नभएकाले नै कम्पनीले क्रमिक रूपमा चार्जिङ नेटवर्क विस्तार गर्दै गएको जनाइएको छ ।  

हुन्डाईले स्थापना गरेका चार्जिङ स्टेसनले चालकलाई ढुक्क भएर यात्रा गर्न सहयोग पुग्ने विश्वास लिएको जनाएको छ । हुन्डाईका चार्जिङ स्टेसनमा मोबाइल फोन चार्ज गरेजत्तिकै सजिलोसँग गाडी चार्ज गर्न सकिने कम्पनीको दाबी छ । हुन्डाईले पहिलो चरणको ४० चार्जिङ स्टेसन निर्माण सकेकाले निकट भविष्यमै अरू नयाँ स्थानमा पनि चार्जिङ स्टेसन विस्तार गर्ने लक्ष्य लिएको जनाइएको छ ।  कम्पनीले हाल देशका प्रमुख सहरमा १२ डिलर तथा १८ सर्भिस सेन्टरमार्फत सेवा दिइरहेको जनाएको छ । 

ad
ad