Skip This
फुटबलका मुख्य प्रशिक्षक अलमुताइरी सम्मानित
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २९ शनिबार
  • Saturday, 11 May, 2024
प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार फुटबल प्रशिक्षक अब्दुल्लाह अलमुताइरीसँगै महिला भलिबल टोली र ब्याडमिन्टनका प्रिन्स दाहाललाई सम्मानित गरेका छन् 
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २९ शनिबार o९:११:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

फुटबलका मुख्य प्रशिक्षक अलमुताइरी सम्मानित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २९ शनिबार o९:११:oo

प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार विभिन्न तीन खेल क्षेत्रका खेलाडी तथा प्रशिक्षकहरूलाई सम्मानित गरेका छन् । प्रधानमन्त्री कार्यालय बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री देउवाले महिला राष्ट्रिय भलिबल टोली, ब्याडमिन्टनका प्रिन्स दाहाल तथा फुटबल टोलीमा प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई सम्मानित गरेका हुन् । महिला भलिबल टोली र प्रशिक्षक अलमुताइरी नगदबाट सम्मानित भएका छन् । उमेर समूहकै विश्वका एक नम्बर खेलाडी प्रिन्स दाहाल भने सम्मानित भएका छन् ।

गत महिना बंगलादेशको ढाकामा सम्पन एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको उपाधि रक्षा गरेको महिला भलिबल टोलीका खेलाडीलाई प्रधानमन्त्री देउवाले जनही नगद पाँच लाख प्रदान गरेका छन् । सम्मानित कार्यक्रममा सबै खेलाडी उपस्थित हुँदा सरस्वती चौधरी घुँडाको शल्यक्रियाका कारण अनुपस्थित भइन् । चौधरीको सम्मानपत्र पुरुष भलिबलका पूर्वकप्तान भरत शाहले लिएका थिए । 

नगदविहीन प्रिन्स
सरकारको सम्मानित कार्यक्रममा प्रिन्स भने केवल सम्मानपत्रका साथ सम्मानित भएका छन् । सरकारले उनलाई नगदसहित सम्मानित गरेन । प्रिन्सलाई पछिल्लो ११ अन्तर्राष्ट्रिय जुनियर ब्याडमिन्टन प्रतियोगिताको प्रदर्शनका आधारमा बिडब्लुएफले शीर्ष स्थानमा राखेको हो । १ माघमा प्रिन्सलाई अन्तर्राष्ट्रिय ब्रान्ड योनेक्सको नेपालका लागि आधिकारिक विक्रेता इनास इन्टरप्राइजेजले दुई लाखसहित प्रशंसापत्रले सम्मान गरेको थियो । ब्याडमिन्टनको विश्व वरीयताको शीर्ष स्थानमा पुग्ने प्रिन्स पहिलो नेपाली खेलाडी हुन् ।

देउवा र अलमुताइरीबीच वार्ता
गत असोजमा माल्दिभ्समा सम्पन्न दक्षिण एसियाली खेलकुद (साफ)मा नेपाल पहिलोपटक फाइनलमा पुगेको थियो । फाइनलमा भारतसँग ३–० ले पराजित हुँदा नेपाल उपविजेतामै सीमित भयो । प्रशिक्षक अलमुताइरीको प्रशिक्षणमा साफ फुटबलमा ऐतिहासिक प्रदर्शन गरेको जनाउँदै सरकारले खेलाडीलाई जनही पाँच लाख र प्रशिक्षकलाई जनही तीन लाखबाट सम्मानित गर्ने घोषणा गरेको थियो । गत महिना सरकारले खेलाडीहरूलाई नगदसहित सम्मानित गर्‍यो ।

तर, मुख्य प्रशिक्षक अलमुताइरी कतारमा रहँदा उनी सम्मानित कार्यक्रममा उपस्थित हुन सकेनन् । शुक्रबार भएको सम्मानित कार्यक्रममा प्रधानमन्त्री देउवाले अलमुताइरीलाई नगद तीन लाखसहित सम्मानित गरेका छन् । यसैबीच प्रधानमन्त्री देउवा र प्रशिक्षक अलमुताइरीबीच वार्ता भएको छ । वार्तामा नेपालमा धेरै प्रतिभावान् खेलाडी भएको र रंगशाला निर्माण गर्न सके थुप्रै अन्तर्राष्ट्रिय प्रतियोतिगा आयोजना गर्न सकिने अलमुताइरीले प्रधानमन्त्री देउवालाई जानकारी गराए । प्रधानमन्त्री देउवाले सरकार फुटबललाई सहयोग गर्न सधैँ तयार रहेको जनाउँदै मन्त्रालयमार्फत छलफल गर्न सुझाब दिएका छन् ।

खेल विकासमा सरकार सकारात्मक
सम्मानित कार्यक्रममा प्रधानमन्त्री देउवाले मुलुकको खेलकुद विकासका निमित्त सरकार सधैँ सकारात्मक रहेको बताएका छन् । ‘सरकारबाट उपलब्ध गराउनुपर्ने सहयोगका लागि सरकार सदैव सकारात्मक रहेको छ, मुलुकमा खेलकुद क्षेत्रको विकासका लागि देशभर खेलकुद पूर्वाधारको निर्माण र स्तरोन्नतिका लागि विशेष कार्य गर्दै आइरहेको छ,’ उनले भने, ‘खेलाडीहरूको सुविधा विस्तार विषयमा आवश्यक व्यवस्था मिलाउनसमेत सरकारले पहल गर्ने विश्वास दिलाउन चाहन्छु ।’ प्रधानमन्त्री देउवाले खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् र सम्बद्ध खेलसंघबीच समन्वयात्मकको आवश्यकता रहेको जनाए ।

ad
ad