१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
तिवारी यादव वीरगन्ज
Invalid date format १४:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

परवानीपुरमा शिक्षक भर्ना प्रक्रिया रोक्न माग गर्दै एमालेको ज्ञापनपत्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:४४:oo

बाराको परवानीपुर गाउँपालिका कार्यपालिकाले समय सकिनै लाग्दा शिक्षक भर्नाका लागि आवेदन माग गरेको भन्दै भर्ना प्रक्रिया रोक्न माग गर्दै एमाले परवानीपुर कमिटीले ज्ञापनपत्र बुझाएको छ। गाउँ कार्यपालिकाका पदाधिकारीको अवधि सकिनै लाग्दा शिक्षक भर्ना गर्न लागिएको भन्दै एमाले परवानीपुर कमिटीले ज्ञापनपत्र बुझाएको हो।

गाउँपालिकाले गत माघ १० गते २३ शिक्षक भर्नाका लागि आवेदन माग गरेको थियो। शिक्षक भर्नाका लागि सूचना सार्वजनिक गरेर स्वार्थको राजनीति भएकाले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनील चौरसियालाई ज्ञापनपत्र बुझाइएको एमाले नेता अमर यादवले जानकारी दिए।

गाउँ कार्यपालिकाका सबै पदाधिकारीको समय सकिनै लाग्दा तलबको स्रोत नभएको समयमा भर्ना गर्न थालिएकाले शिक्षक भर्ना रोक्न र यस्ता गतिविधि सच्याउन माग गरिएको उनले बताए। ‘०७४ सालमा निर्वाचित सबैको म्याद सकिने समयमा २३ जना शिक्षक नियुक्त गर्न थालिएको छ । यी सबै शिक्षकको तलबको स्रोत के ? यसको कार्यकाल कति हुन्छ ? भोलिको दिनमा यसको तलबको स्रोत नभए यी शिक्षकको भविष्य र काम गर्दै गरेको कार्य कसरी सम्पन्न हुन्छ ?’ यादवले प्रश्न गरे।