१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार o९:१९:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

फेरि मौसममा खराबी : आज पश्चिम र मध्य–नेपालकेन्द्रित वर्षा हुने, शुक्रबार देशभरि

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o९:१९:oo

केही दिनयता मौसममा सुधार आएकोमा बुधबारदेखि फेरि खराबी आएको छ । पश्चिम नेपालबाट प्रवेश गरेको पश्चिमी न्यूनचापीय प्रणालीले मुलुकभर असर गर्ने आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । आइतबारबाट मात्र मौसममा सुधार आउनेछ ।

सजिना शाक्य मौसमविद्, मौसम पूर्वानुमान महाशाखा

यसपटकको मौसमी प्रणालीले देशभर नै असर गर्छ । पश्चिम र मध्य–नेपालमा बढी वर्षा गराउने देखिएको छ ।

‘यसपटकको मौसमी प्रणालीले देशभर नै असर गर्छ,’ महाशाखाका मौसमविद् सजिना शाक्यले भनिन्, ‘पश्चिम र मध्य–नेपालमा बढी वर्षा गराउने देखिएको छ ।’बिहीबार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका धेरै क्षेत्रमा वर्षाको प्रक्षेपण गरिएको छ । मध्याह्नपछि गण्डकी र लुम्बिनीमा पनि हल्का वर्षाको आकलन महाशाखाले गरेको छ । ‘काठमाडौँमा मध्याह्नपछि बदलीसँगै हल्का वर्षा पनि हुन सक्छ,’ शाक्यले भनिन्, ‘बिहानैदेखि बदली रहने भएकाले चिसो बढी नै हुन्छ ।’

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हिमपातको आकलन गरिएको छ । बागमती र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

मौसमविद्हरूका अनुसार शुक्रबार देशका धेरै स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी तथा लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा भारी वर्षा पनि हुन सक्ने ठानिएको छ । शुक्रबार केही स्थानमा असिनापानी पनि पर्न सक्ने आकलन गरिएको छ । उच्च पहाडी र हिमाली भेगका धेरै क्षेत्रमा हिमपात हुनेछ ।

शनिबार भने यो प्रणालीको असर केही घट्ने आकलन गरिएको छ । तर, आइतबार मात्र मौसममा सुधार आउने प्रक्षेपण गरिएको छ । शनिबार गण्डकी, बागमती र प्रदेश १ पहाडी तथा तराई क्षेत्रमा हल्का वर्षाको सम्भावना छ । मौसमविद् शाक्यका अनुसार जनवरी–फेब्रुअरीमा पश्चिमी न्यूनचापीय प्रणालीको असर बढी रहन्छ । ‘गत वर्ष असर कम हुँदा चाँडै गर्मी सुरु भएको थियो, तर यो वर्ष हिउँदमा मात्र आठवटा शक्तिशाली प्रणाली आएका छन्,’ उनले भनिन्, ‘त्यसैले जाडो पनि लम्बिएको भान हुन सक्छ ।’

पछिल्लो साता पनि तराईका जिल्लामा हुस्सु र कुहिरोसँगै शीतलहर जारी छ । काठमाडौँ उपत्यकामा सोमबार र मंगलबार घाम लागे पनि बुधबार दिनभरजसो बदली रह्यो । बुधबार तराईका ६ वटै विमानस्थलमा भिजिबिलिटी ५०० देखि ५० मिटरसम्ममा झरेको थियो । जबकि उडानका लागि तीन हजार मिटर भिजिबिलिटी आवश्यक पर्छ ।

ad
ad