१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
धोबीखोला करिडोरमा अतिक्रमण गरी राखिएका निर्माण सामग्री हटाइँदै । तस्बिर : नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार o७:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

धोबीखोला करिडोर फुटपाथ अतिक्रमणमा सहरी विकास मन्त्रीको अनुगमन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o७:oo:oo

बुधबार सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको नेतृत्वमा, काठमाडौं उपत्यका विकास प्राधिकरण, महानगरपालिका, ट्राफिक प्रहरीलगायतले स्थलगत अनुगमन गर्दा करिडोरको फुटपाथमा पसल, निर्माण सामग्री, गमला, टेबुलकुर्सी, पार्किङ गर्ने ठाउँको रूपमा प्रयोग भइरहेको भेटिएको हो । अनुगमन टोलीले हनुमानस्थानदेखि थापागाउँ जाने पुलदेखि सेतोपुलसम्मको दुवैपट्टि तीन घन्टाभन्दा बढी समय लगाएर स्थलगत अनुगमन गरेको थियो । 

अनुगमनको क्रममा फुटपाथलाई अतिक्रमण गरेर निर्माण गरेका कतिपय संरचनालाई हेबी इक्विप्मेन्टको सहायताले हटाइएको थियो भने निर्माण सामग्रीलाई ट्रकमा उठाइएको थियो ।  केही स्थानीयले भने बुधबार बेलुकासम्म हटाइसक्ने भन्दा समय दिन माग गरे । अनुगमनपछि मन्त्री झाँक्रीले करिडोरहरूलाई प्रभावकारी बनाउन मार्किङ गर्नुपर्ने, पेटीमा दोकान गर्ने कामलाई बन्द गर्नुपर्ने, निर्माणका सामग्री राख्न निषेध गर्नुपर्ने देखिएको बताइन् । अनुगमनका क्रममा महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख उमेशराज जोशीले सडकलाई पार्किङ बनाउनेलाई निरन्तर कारबाही गर्दै आएको बताए । 

काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त जानुका ढकालले धोबीखोला करिडोर सुधार गर्ने काम अन्तिम चरणमा पुगेको बताइन् । पछिल्लो आठ महिनादेखि यसलाई सुन्दर बनाउनका लागि लागिरहेको उनको भनाइ छ । तर, फुटपाथलाई अतिक्रमण गर्ने देखिएको छ । यसलाई हामी निरन्तरता दिने उल्लेख गरिन् । विकास प्राधिकरणका नायब विकास आयुक्त नारायणप्रसाद भण्डारीले मर्मत–सम्भार गर्ने कामलाई निरन्तरता दिइने बताए । 

ad
ad