१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १७:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

अमेरिकाले अफगान दूतावास बन्द गर्ने, कूटनीतिज्ञहरूको अधिकार खोसिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १७:o८:oo

संयुक्त राज्य अमेरिकाले अफगान कूटनीतिज्ञहरूलाई वासिंटनमा उनीहरूको दूतावास बन्द गरिने र उनीहरूको कूटनीतिक अधिकार खोसेको जानकारी गराएको छ। यस मामिलासँग परिचित स्रोतहरूले अल अरबियालाई बताएअनुसार लस एन्जलस र न्युयोर्कमा रहेको अफगान वाणिज्य दूतावासहरू पनि बन्द हुनेछन्।

अमेरिकामा रहेका अफगान कूटनीतिज्ञहरूलाई  यस हप्ताको सुरुमा एक मेमोमार्फत सूचित गर्दै उनीहरूलाई उनीहरूको कूटनीतिक अधिकार पनि खोसिएको जानकारी दिइएको थियो। अल अरेबियाले विदेश मन्त्रालयका एक अधिकारीलाई उदृत गर्दै अफगान मिसन वा यसका कर्मचारीहरूको स्थितिमा कुनै परिवर्तन नभएको बताएको छ।

यद्यपि, एक अज्ञात कूटनीतिज्ञले अल अरबियालाई भने, 'उनीहरूले त्यहाँ दूतावास र वाणिज्य दूतावासको मिसनहरू बन्द हुने बताएका छन्'। अफगानिस्तानबाट अमेरिकी फिर्ती र तालिबानद्वरा काबुल नियन्त्रणपछि वासिंटनको यो कदम करिब ६ महिनापछि आएको हो। तालिबानलाई अमेरिकासहित धेरै अन्तर्राष्ट्रिय समुदायले मान्यता दिएका छैनन्। रासस/एएनआई

ad
ad