१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:o१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेसको भूमिकामा असन्तुष्टि जनाउँदै आदिवासी जनजाति संघका सभापति गुरुङको राजीनामा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:o१:oo

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल आदिवासी जनजाति संघका सभापति इन्द्रबहादुर गुरुङले पदबाट राजीनामा दिएका छन् । गुरुङले पार्टीको भूमिकामा असन्तुष्टि जनाउँदै सभापति शेरबहादुर देउवालाई राजीनामा बुझाएका हुन्। उनले कांग्रेसको क्रियाशील सदस्यसमेत नरहने गरी पदबाट राजीनामा दिएका छन्।

गुरुङले राजीनामापत्रमा कांग्रेसले भ्रातृ संस्थाहरूलाई बेवास्ता गरेको, १४औँ महाधिवेशनमा भ्रातृ संस्थाहरूबाट पाउनुपर्ने मात्रामा महाधिवेशन प्रतिनिधि नबनाइएको, पार्टी हितभन्दा गुट–उपगुटमा नेताहरू विभाजित भएकोलगायतका कारण उल्लेख गरेका छन्। गुरुङको राजीनामापत्रमा संघले विधान संशोधन गरेर संघीय संरचनाअनुसार संस्थालाई परिवर्तन गर्न ०७४ मै संशोधित विधानको प्रतिलिपि बुझाएको, तर पार्टीले स्वीकृत नगर्दा संघको अधिवेशन हुन नपाएकोलगायतका कारण नैतिक रूपमा पदमा बसिरहन उचित नरहेकाले राजीनामा दिएको उल्लेख गरेका  छन् ।