मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ माघ १५ शनिबार
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ माघ १५ शनिबार ११:४९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सेवा र क्षमता बढाउँदै श्री एयरलाइन्स

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ माघ १५ शनिबार ११:४९:oo

निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले थप एक जहाज भित्र्याएको छ। श्रीले ८० सिट क्षमताको क्यू ४००–८ जहाज थपेको हो। योसँगै कम्पनीको उडान सेवामा आठवटा जहाज भएका छन्। श्री एयरलाइन्सले एक महिनाअघि मात्रै एक जहाज भित्र्याएको थियो। कम्पनीले एक महिनाभित्रै दुई जहाज थपेको हो।

श्री एयरलाइन्सका प्रबन्धक अनिल मानन्धरले थप नयाँ जहाज शुक्रबार राति काठमाडौं विमानस्थलमा अवतरण गरेको जानकारी दिए। क्यानेडियन कम्पनीको उक्त जहाजमा दुई इन्जिन छन्। उक्त जहाज अष्ट्रियाबाट भारत हुँदै काठमाडौं आइपुगेको कम्पनीले जनाएको छ।

श्रीले यसअघि आन्तरिक उडानमा ड्यास क्यू ४०० जहाज दुईवटा तथा सिआरजे २०० (५० सिटे) दुई थान र सिआरजे ७०० (७० सिटे) दुई थान जहाजमार्फत उडान सेवा सञ्चालन गर्दै आएको छ। थपिएका जहाजमार्फत कम्पनीले उडान गन्तव्य विस्तार गर्ने योजना बनाएको छ। नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणको अनुमतिप्राप्त गरेपछि सुर्खेत र तुम्लिङटार गन्तव्यमा उडान गरिने श्री एयरलाइन्सका प्रबन्धक मानन्धरले जानकारी दिए। रासस