१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काभ्रेपलाञ्चोक
Invalid date format १३:१४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

काभ्रे कांग्रेसको जिम्मेवारी हस्तान्तरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काभ्रेपलाञ्चोक
नयाँ पत्रिका
Invalid date format १३:१४:oo

नेपाली कांग्रेसको जिल्ला कार्यसमिति काभ्रेको जिम्मेवारी हस्तान्तरण सम्पन्न भएको छ। एक कार्यक्रमबीच १४औँ महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशनबाट निर्वाचित कार्यसमितिको पदस्थापन तथा जिम्मेवारी हस्तान्तरण गरिएको हो।

कार्यक्रममा निवर्तमान जिल्ला सभापति तथा कांग्रेस केन्द्रीय सदस्य मधु आचार्यले जिल्ला सभापतिमा निर्वाचित तीर्थ लामालाई जिम्मेवारी हस्तान्तरण गरेका थिए। जिल्ला अधिवेशनबाट अध्यक्ष लामाको प्यानलै विजयी भएको थियो। 

लामाको प्यानलबाट उपसभापतिमा ठाकुरप्रसाद न्यौपाने र रमेशप्रसाद हुमागाईं, सचिवमा गुणराज मोक्तान र माधवप्रसाद ढकाल तथा सहसचिवमा रवीन्द्रनाथ सिग्देल र समीर व्याञ्जू श्रेष्ठ निर्वाचित भएका थिए।