मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७८ माघ ६ बिहीबार ११:४७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गण्डकी प्रदेशको होमस्टे परियोजनामा लमजुङका तीन होमस्टे छनोट

छनोटमा परेका होमस्टेलाई प्रदेश सरकारले ३० लाख दिने

Read Time : < 1 मिनेट
२०७८ माघ ६ बिहीबार ११:४७:००

गण्डकी प्रदेशको होमस्टे परियोजनाका लागि लमजुङका तीनवटा होमस्टे छनोट भएका छन् । गण्डकी प्रदेश सरकार, पर्यटन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले लमजुङका तीनवटा होमस्टेलाई होमस्टे परियोजनाका लागि छनोट गरेको हो । 

प्रदेशभित्रका ६२ वटा होमस्टेले परियोजनाका लागि माग दाबी गरेकोमा प्रदेशस्तरीय मन्त्रिपरिषद्को निर्णयले ३० वटा होमस्टेलाई परियोजनामा छनोट गरेको हो । ३० वटा होमस्टे छनोट भएकोमालमजुङको राइनास नगरपालिका–३ मा रहेको कुडुले सामुदायिक होमस्टे (राइनास होमस्टे), बेसीशहर नगरपालिका–६ मा रहेको पुमागाउँ सामुदायिक होमस्टे र बेँसीसहर नगरपालिका–३ मा रहेको काउलेपानी सामुदायिक होमस्टे रहेका छन् । 

काउलेपानी र राइनास होमस्टेको सामुदायिक भवन निर्माण र पुमागाउँ होमस्टेको पदमार्ग निर्माणका लागि छनोट गरिएकोे हो । छनोटमा परेका तीनवटा होमस्टेलाई प्रतिहोमस्टे १० लाखका दरले ३० लाख नगद अनुदान उपलब्ध गराइने गण्डकी प्रदेश सरकारले जनाएको छ ।