१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ माघ ५ बुधबार
  • Monday, 07 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ माघ ५ बुधबार २o:o३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सिटामोललगायतका औषधिको अभाव हुन नदिन प्रधानमन्त्रीको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ माघ ५ बुधबार २o:o३:oo

प्रधानमन्त्री शेरबहादुर देउवाले बजारमा सिटामोललगायतका औषधिको अभाव भएको जानकारी आएको भन्दै त्यस्तो अभाव तत्काल अन्त्य गर्न गृहमन्त्री र मुख्यसचिवलाई निर्देशन दिएका छन्। 

आज बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा गृहमन्त्री बालकृष्ण खाण र मुख्यसचिव शंकरदास बैरागीलाई बोलाएर औषधि अभावका विषयमा के भएको अध्ययन गरेर तत्काल औषधि उपलब्ध गराउने प्रबन्ध गर्न निर्देशन दिएका थिए। त्यसलगत्तै गृहमन्त्री र मुख्यसचिवले स्वास्थ्य मन्त्रालय, औषधि व्यवस्था विभागलगायत औषधि उत्पादक कम्पनीहरूसँग पनि परामर्श गरेका थिए। 

औषधिको अभाव नहुने गरी अघि बढ्न औषधि उत्पादकहरू तयार भएका छन्। यदि कसैले औषधिको कृत्रिम अभाव सिर्जना गरेको पाइए तत्काल कारबाही गर्ने गरी निर्देशन गएको छ।