१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ माघ २ आइतबार ०७:५५:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

निम्बसले जित्यो एचआरएम अवार्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ माघ २ आइतबार ०७:५५:००

निम्बसले कर्पोरेट उत्कृष्टताका लागि कृषि उद्यम समूहमा ‘एचआरएम अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२१’ जितेको छ । काठमाडौंमा आयोजित प्रथम ‘द एचआरएम अवार्ड फर कर्पोरेट एक्सिलेन्स २०२१’ मा निम्बसले उक्त उपाधि जितेको हो । 

अवार्ड जितेपछि निम्बसले कम्पनीको अनुपम र प्रगतिशील विकासका साथै समग्र नेपालको कृषि क्षेत्रमा पुर्‍याएको योगदानले सम्मान प्राप्त गरेको प्रतिक्रिया दिएको छ । कार्यकारी अध्यक्ष आनन्द बगरियाले निम्बसले कृिषजन्य उद्योगमार्फत कर्पाेरेट संस्कारको सुरुवात गरेको बताए ।

यसको श्रेय ग्राहक तथा लगनशील कर्मचारीहरू भएको उनको भनाइ छ । कृषि उद्यममार्फत आफूलाई यस क्षेत्रमा अझ दृढताका साथ लाग्न यस अवार्डले हौसला प्रदान गरेको उनले बताए । यो अवार्ड कम्पनीले एक वर्ष मात्र नभई विगतका वर्षहरूमा गरिएको कडा परिश्रमको तयारीको परिणाम भएको उनको भनाइ छ । 

निम्बसले सन् २००४ मा देशमै पहिलोपटक पशुपक्षीको दानाको नयाँ उत्पादन पेलेट फिड उत्पादन गर्ने उद्देश्यसहित प्रोबायोटेक इन्डस्ट्रिजको स्थापना गरी व्यवसाय सुरुवात गरेको थियो । कम्पनीको पशु फिड ब्रान्ड ‘शक्ति’ले बिस्तारै देशभरि नै व्यवसाय विस्तार गर्न थालेको र अन्ततः नेपालमा सबैभन्दा बढी रुचाइएको ब्रान्ड बन्न पुगेको कम्पनीको दाबी छ ।

हाल निम्बसमा चारवटा पशु आहाराको उद्योग, माछा दाना उद्योग, सल्भेन्ट उद्योग, रिफाइनरी, दाल उद्योग तथा तोरी तेलको एक्सपेलर, भटमासको मस्यौरा उद्योगबाट उत्पादित खाद्य पदार्थ ‘व्यञ्जन’ तथा ‘सुनौलो किरण’ ब्रान्डमा उपलब्ध गराइरहेको कम्पनीले जनाएको छ ।