मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ माघ २ आइतबार ०९:०७:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सेयर बजारमा फर्किए लगानीकर्ता : ६८ प्रतिशतले कारोबार रकममा वृद्धि

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ माघ २ आइतबार ०९:०७:००

सेयर बजारमा लगानीकर्ता पुनः आकर्षित हुन थालेका छन् । गत साता दैनिक औसत कारोबार रकममा करिब ६८ प्रतिशतले वृद्धि भएर सात अर्ब १३ करोड रुपैयाँको कारोबार भएको छ । साताभरमा कारोबार रकम पनि सोही दरमा बढेर एक सातामा ३५ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ । 

साताभरमा नेप्से परिसूचक करिब ७ प्रतिशत (१ सय ६५ अंक)ले बढेर दुई हजार आठ सय ५७ बिन्दुमा पुगेको छ । कारोबारमा आएका सबै समूहगत परिसूचक बढे पनि सबैभन्दा धेरै वृद्धि वित्त कम्पनी समूहमा भएको छ । यो समूहगत परिसूचक करिब १७ प्रतिशतले बढेको हो । 

गत साता मध्यभोटेकोसीका लगानीकर्ताले सबैभन्दा धेरै करिब ६१ प्रतिशतसम्म कमाउन सफल भएका छन् भने कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै करिब ३० प्रतिशतसम्म गुमाएका छन् । 

अपि र जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआइडिसिएल)को कारोबार सबैभन्दा धेरै भएको छ । अपिको एक अर्ब ३० करोड रुपैयाँको कारोबार भएको हो भने एचआइडिसिएलको १६ हजार १८ पटक भएको कारोबारमा ३० लाख ६८ हजार कित्ता सेयर किनबेच भएको छ । 

आगामी साता के होला बजार ? 
गत साताको अन्तिम दुई दिनमा पहिलो दिन लामो माथिल्लो धागोसहितको कालो (रातो) मैनबत्ती आकृति र अन्तिम दिन सेतो मैनबत्ती आकृति बनेको छ । अन्तिम दिन बनेको मैनबत्तीले बजार बढ्न सक्ने संकेत गरिरहेको छ । तर, यो अन्तिम दिनको मैनबत्तीको शरीरले अघिल्ला दिनको मैनबत्तीको धागोको माथिल्लो भाग (उच्च बिन्दु) पार गर्न सकेको छैन । यसको अर्थ बजार बढ्ने पक्षमा धेरै लगानीकर्ता रहे पनि त्यो बिन्दु पार गर्न नसक्नुले सो बिन्दुमा फेरि पनि सामान्य प्रतिरोध रहन सक्ने देखाउँछ ।  

नेप्सेको आरएसआई सूचक स्केल ७७ दशमलव ८९ मा छ । यो सूचक स्केल ३० मुनि भए बजारमा अधिक बिक्री रहेको, ३० देखि ७० सम्म रहे बजार सन्तुलित र ७० माथि भए बजारमा अधिक खरिद रहेको विश्लेषण गरिन्छ ।  

नेप्सेको सातदिने मुभिङ एभरेज रेखाले २१ दिने रेखालाई काटेर माथि लागेको छ भने दूरी कायम गरेको छ । यसले बजार बुलिस प्रवृत्तिमा रहेको संकेत गरेको छ । यसमा चाँडो–चाँडो प्रवृत्ति परिवर्तन भइरहेकाले पनि यसलाई ध्यान दिनुपर्नेछ ।  पिभट विश्लेषणले भने आगामी साता दुई हजार नौ सय २१ मा पहिलो लक्ष्य प्राप्त गर्न सक्ने र यसमा प्रतिरोध पाएमा दुई हजार सात सय ४६ मा पहिलो टेवा पाउने सम्भावना छ ।