खोप लगाउन सर्वसाधारण रातिदेखि नै लाइनमा (फोटोफिचर)

शुक्रबार, ३० पुष, २०७८
डिजिटल संस्करण

चितवनमा कोभिडको खोप लगाउन सर्वसाधारण एकाबिहानैदेखि लाइनमा बसे । १० बजे खुल्ने खोप केन्द्रमा उनीहरू बिहान ३ बजे नै पुगेर लाइन लागेका थिए । स्वास्थ्य कार्यालय चितवनमा अहिले पनि करिब हजारजना सर्वसाधारण खोप लगाउने लाइनमा बसेका छन् । यहाँ मात्र होइन, अन्य खोप केन्द्रहरूमा समेत बिहानैदेखि मानिसहरू खोपको लाइनमा  छन् । सरकारले नै सार्वजनिक स्थलमा २५ जनाभन्दा धेरै भेला हुन रोक लगाएको छ । तर, खोप लगाउनका लागि सर्वसाधारणको यस्तो भिडले संक्रमणको जोखिम झनै  बढाएको छ ।








See More On

सुझावित समाचार