मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ पौष २९ बिहीबार २१:१२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दाङमा ‘स्मार्ट लकडाउन’

Read Time : < 1 मिनेट
२०७८ पौष २९ बिहीबार २१:१२:००

कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढेपछि दाङमा ‘स्मार्ट लकडाउन’ गरिएको छ । जिल्लास्तरीय कोरोना व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले आज राति १२ बजेदेखि स्मार्ट लकडाउन गर्ने निर्णय गरेको दाङका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताए । 

उनले होटेल, रेस्टुरेन्ट, पार्टी प्यालेसहरू हरेक दिन साँझ ७ बजेसम्म मात्र खोल्न दिने निर्णय भएको छ । साथै सार्वजनिक स्थलमा २५ जनाभन्दा धेरैको जमघट गर्न नदिने, माघको अवसरमा कुनै पनि मेला महोत्सव सञ्चालन नगर्ने, दाङमा आउँदो माघ ७ गतेदेखि खोप कार्ड भए मात्रै सार्वजनिक स्थानहरू कार्यालय, होटेल, रेस्टुरेन्ट, सिनेमा हल, रंंगशाला, हवाईमार्गलगायतका क्षेत्रमा प्रवेश गर्दा खोपकार्ड लागू गर्ने निर्णय गरेको उनको भनाइ छ । 

तर, खोपकार्ड मोबाइलमा खिचेको भए पनि मानिने उनको भनाइ छ । साथै पालिकाहरूले कोरोना संक्रमण दरका आधारमा जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति लिई पालिकाले थप कडा लकडाउन गर्न सक्नेसमेत उनले बताए ।