तेस्रो लहरको ‘साइरन’

सोमबार, २६ पुष, २०७८
डिजिटल संस्करण
तेस्रो लहरको ‘साइरन’

खोप लगाउनेकोे भिड : तनहुँको व्यास नगरपालिका– ५ स्थित पतेनी आधारभूत स्वास्थ्य केन्द्रमा आइतबार कोरोनाविरुद्धको खोप लगाउन सर्वसाधारणको भिड । व्यास नगरपालिकाका १४ वटै वडाका स्वास्थ्य संस्थामार्फत भेरोसेल र एस्ट्राजेनेकाको दोस्रो मात्रा लगाउन सुरु गरिएको छ ।

एक सातादेखि निरन्तर उकालो लागेको कोरोना संक्रमणदर आइतबार ९.२३ प्रतिशत पुगेको छ । चार महिनापछि संक्रमितको संख्या  आइतबार चार अंकमा उक्लिएको छ । एकैदिन ११६७ जनामा संक्रमण देखिएपछि सरकार पनि सतर्क बनेको छ ।

कोरोना संक्रमणको तेस्रो लहरको ‘साइरन’ बजेको छ । अघिल्लो सोमबार २.६० प्रतिशत रहेको संक्रमणदर त्यसयता निरन्तर उकालो लागेर आइतबार ९.२३ प्रतिशत पुगेको छ । एकैदिन ११ सय ६७ जनामा संक्रमण देखिएको छ । यो ८ असोजयताकै सबैभन्दा धेरै हो । संक्रमण तीव्र रूपमा बढ्न थालेपछि कोभिड– १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसिसी)ले १५ माघसम्म देशभरका आधारभूत र माध्यमिक विद्यालय बन्द गर्नेसहित १३ बुँदे सिफारिस सम्बन्धित मन्त्रालयलाई गरेको छ । आइतबार बसेको सिसिएमसिसीको बैठकले विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानका पूर्वनिर्धारित सेमेस्टर र वार्षिक परीक्षा जनस्वास्थ्यका मापदण्ड पालना गरी सञ्चालन गर्न शिक्षा मन्त्रालय र संघीय मामिला मन्त्रालयलाई सिफारिस गरेको छ ।

आधारभूत र माध्यमिक विद्यालयको बिदा वार्षिक बिदामा जोडिनेछ । विद्यार्थी र शिक्षकलाई बिदाकै अवधिमा खोप लगाइनेछ । १२ देखि १७ वर्ष उमेरका विद्यार्थीसँगै त्यसमाथिका सबै विद्यार्थी र शिक्षक, कर्मचारी र अभिभावकलाई खोप लगाउने व्यवस्था स्वास्थ्य मन्त्रालयले गर्नेछ ।‘कोभिडको चेन ब्रेक गर्न पनि कदम चाल्नुपर्ने देखियो, सार्वजनिक स्थलमा भिडभाड कम गरेर स्वास्थ्यका मापदण्ड पालना गरेमा संक्रमणको चेन ब्रेक हुने अपेक्षा छ,’ सिसिएमसिसीकी प्रवक्ता सुनिता नेपालले भनिन् ।

खोप नलगाएकाले कार्यालयमा प्रवेश नपाउने
सार्वजनिक सेवामा कोरोनाविरुद्धको खोप कार्ड अनिवार्य गरिएको छ । ७ माघबाट लागू हुने यो व्यवस्था कार्यालय, रेस्टुरेन्ट, सिनेमा हल, हवाई यात्रा र पार्कमा लागू हुने सिसिएमसिसीकी प्रवक्ता नेपालले बताइन् । ‘कार्यालय वा रेस्टुरेन्ट प्रवेश गर्दा खोप कार्ड वा मोबाइलमा फोटो देखाउन सकिनेछ,’ उनले भनिन्, ‘यो व्यवस्था जिल्लास्थित कोभिड– १९ संकट व्यवस्थापन समन्वय केन्द्रमार्फत लागू हुनेछ ।’

आन्तरिक उडानमा खोप कार्ड अनिवार्य, बाह्य उडानमा ७२ घन्टाभित्रको पिसिआर रिपोर्ट
हवाई उडानमा पनि यात्रुको भिडभाड कम हुने गरी उडान तालिका मिलाउन सिसिएमसिसीले सिफारिस गरेको छ । ७ माघपछि आन्तरिक हवाई यात्राका लागि खोप कार्ड हुनेले मात्र बोर्डिङ पास पाउनेछन् । पूर्ण मात्रामा खोप लगाएका र बोर्डिङ पास जारी हुनु ७२ घन्टाभित्र पिसिआर नेगेटिभ भएकाले मात्र विदेशबाट नेपाल आउन पाउनेछन् ।कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन पहिलोपटक पहिचान भएका दक्षिण अफ्रिकासहित नौ देशबाट नेपाल आउने वा जानेले अनिवार्य क्वारेन्टिन वा आइसोलेसन बस्नुपर्नेछ ।

२५ जनाभन्दा बढी भेला हुन रोक
सरकारले भेला, सम्मेलन नगर्न आह्वान गरेको छ । राज्यमन्त्री उमेश श्रेष्ठसमेत सहभागी सिसिएमसिसीको बैठकले सार्वजनिकस्थलमा राजनीतिक, प्रशासनिक र सामाजिक भेला नगर्न भनेको हो । २५ जनाभन्दा बढी भेला हुने मेला, भेला र महोत्सव पनि नगर्न सिफारिस गरिएको छ । त्यसका लागि गृह मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिनेछ ।

नाकामा प्रभावकारी ढंगले एन्टिजेन परीक्षण गर्न सिफारिस
सिसिएमसिसीले सीमानाकामा एन्टिजेन परीक्षणलाई थप प्रभावकारी बनाउन र पजिटिभ देखिएकालाई होल्डिङ सेन्टर वा होटेलमा राख्न भनेको छ । यसको खर्च व्यवस्थापनका लागि स्वास्थ्य मन्त्रालयले समन्वय गर्नेछ । सार्वजनिक स्थानमा निःशुल्क एन्टिजेन टेस्ट बुथ स्थापना गर्न र नियमित खोप केन्द्रमार्फत खोप अभियानलाई तीव्रता दिने निर्णय भएको छ । औषधि तथा उपकरण छिटो–छरितो विधिबाट खरिद गर्न पनि सिसिएमसिसीले स्वास्थ्य मन्त्रालयलाई भनेको छ ।

सिडिओले स्मार्ट लकडाउन जारी गर्न सक्नेआवश्यकताअनुसार ‘स्मार्ट लकडाउन’ गर्ने विषयमा पनि गृहकार्य भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको कोभिड– १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को गत शुक्रबारको बैठकमा स्मार्ट लकडाउनबारे छलफल भएको थियो । आइतबार सिसिएमसिसीको बैठकले स्मार्ट लकडाउन आवश्यक परे गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिन सक्ने निर्णय गरेको छ । स्मार्ट लकडाउनसम्बन्धी कार्यविधि, २०७८ हाल पनि कार्यान्वयनमै रहेको र त्यसलाई थप प्रभावकारी बनाउन सकिने सिसिएमसिसीकी प्रवक्ता नेपालले बताइन् ।

उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओले आइतबार छुट्टाछुट्टै आन्तरिक बैठक गरेका छन् । ललितपुरका सिडिओ घनश्याम उपाध्यायले स्मार्ट लकडाउनसम्बन्धी कार्यविधि थप प्रभावकारी बनाउन सिसिएमसिसीले गरेको सिफारिस कार्यान्वयन गर्न गृह मन्त्रालयसँग समन्वय गरिने बताए । ‘त्यसपछि उपत्यकाका तीनवटै जिल्लाका सिडिओ बस्छौँ, कोरोना नियन्त्रणका लागि एकीकृत रूपमा कदम चालिनेछ,’ उनले भने ।

 सिडिओले ‘स्मार्ट लकडाउन’ गर्न सक्ने आवश्यकताअनुसार 
‘स्मार्ट लकडाउन’ गर्ने विषयमा पनि गृहकार्य भएको छ । आवश्यकता अनुसार यसका लागि गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीलाई  निर्देशन दिन सक्नेछ । यस विषयमा छलफल गर्न उपत्यकाका तीन जिल्लाका सिडिओ छलफल गर्दै ।

पिसिआर परीक्षण गर्ने किटको अभाव
 नयाँ भेरियन्ट ओमिक्रोन भित्रिएसँगै कोरोना संक्रमणदर तीव्र भइरहेका वेला परीक्षणको दायरा पनि बढाउनुपर्ने सरकारसँग आरटी–पिसिआर परीक्षण किट नै अभाव छ । नयाँ पत्रिकालाई प्राप्त विवरणअनुसार हाल केन्द्रीय भण्डारण र सातवटै प्रदेशका प्रयोगशालामा गरी जम्मा एक लाख २३ हजार पाँच सय २७ नमुना परीक्षण गर्न पुग्ने मात्रै किट छ । थप ल्याउनेबारे पनि कुनै तयारी पनि छैन । 

किट न्यून भएपछि सरकारी प्रयोगशालामा पिसिआर परीक्षण नगन्य छ । स्वास्थ्य मन्त्रालयको रिपोर्टअनुसार शनिबार नौ हजार सात सय ६५ नमुनाको आरटी–पिसिआर परीक्षण भएकोमा सरकारी प्रयोगशालामा पाँच सय ८४ को मात्रै भएको थियो । यो कुल परीक्षणको ६ प्रतिशत मात्रै हुन्छ । मन्त्रालयका अधिकारीहरूका अनुसार पछिल्ला हरेक दिनको तथ्यांक उस्तै छ । 

‘संक्रमण यसरी एक्कासि बढ्ला भनेर सोचिएकै थिएन, तर एक्कासि केस बढ्न थाल्यो,’ स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा प्रमुख डा. रुद्र मरासिनीले भने, ‘अब देशभर रहेका परीक्षण किटको अवस्था बुझेर खरिदको प्रक्रिया अगाडि बढाउँछौँ ।’ पिसिआर परीक्षणका लागि स्वाब संकलन गर्न प्रयोग हुने ‘भिटिएम’ किट पनि सरकारसँग दुई लाख ९३ हजार आठ सय नौ मात्रै छ भने आरएनए एक्स्ट्राक्सन (अटोमेटिक) एक लाख ४६ हजार दुई सय २८ र आरएनए एक्स्ट्राक्सन (म्यानुअल) दुई लाख ८३ हजार सात सय ४८ छ । 

सरकारसँग दिनमा २५ देखि ३० हजारसम्म पिसिआर परीक्षण क्षमताका प्रयोगशाला छन् । तर, स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. कृष्ण पौडेल दैनिक पिसिआर कति गर्ने भन्ने अहिले नै योजना नबनाएको बताउँछन् । ‘हामीसँग परीक्षणको क्षमता दैनिक २५ देखि ३० हजारसम्मको छ,’ उनले भने । तर, अहिले सरकारसँग रहेको किटले यो दरमा परीक्षण गर्दा पाँच दिनलाई पनि पुग्दैन । विगतमा संक्रमण तीव्र हुँदा सरकारी ल्याबमा दैनिक २० हजारसम्म पिसिआर परीक्षण भएको थियो । हाल निजी प्रयोगशालाले धेरै पिसिआर परीक्षण गरे पनि उनीहरूसँग कति किट छ भन्ने पनि तथ्यांक छैन । देशभर पिसिआर परीक्षण गर्न ५९ सरकारी र निजी ४५ गरी एक सय चार प्रयोगशाला छन् । 

सरकारसँग एन्टिजेन किट भने ६ लाख ४८ हजार दुई सय ४४ नमुना परीक्षण गर्न पुग्ने छ । सरकारले हाल भारतसँगको नाकामा एन्टिजेन परीक्षण गरिरहेको छ । यो पूर्ण भरपर्दो मानिँदैन । एन्टिजेन परीक्षणमा पजिटिभ रिपोर्ट आए फेरि पिसिआर गरेर कोरोना हो–होइन निश्चित गर्ने गरेको छ । एन्टिजेन परीक्षणमा नेगेटिभ रिपोर्ट आउनेलाई घर पठाउने गरेको छ । सरकारले देशभर दैनिक तीनदेखि पाँच हजार नमुनाको एन्टिजेन परीक्षण गर्दै आएको छ । संक्रमण तीव्र भएर मास परीक्षण गर्नुपर्‍यो भने यो एन्टिजेन किट पनि १० दिनलाई भन्दा नपुग्ने स्वास्थ्य मन्त्रालयका अधिकारीहरू बताउँछन् ।

 पिसिआर परीक्षण गर्ने किटको अभाव
किट कम हुँदा हाल दैनिक भइरहेको पिसिआर परीक्षणको ५–६ प्रतिशत मात्रै सरकारी प्रयोगशालामा अधिकारीहरूका अनुसार पछिल्ला हरेक दिनको तथ्यांक उस्तै छ । ‘संक्रमण यसरी एक्कासि बढ्ला भनेर सोचिएकै थिएन, तर एक्कासि केस बढ्न थाल्यो,’ स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा प्रमुख डा. रुद्र मरासिनीले भने, ‘अब देशभर रहेका परीक्षण किटको अवस्था बुझेर खरिदको प्रक्रिया अगाडि बढाउँछौँ ।’ 

पिसिआर परीक्षणका लागि स्वाब संकलन गर्न प्रयोग हुने ‘भिटिएम’ किट पनि सरकारसँग दुई लाख ९३ हजार आठ सय नौ मात्रै छ भने आरएनए एक्स्ट्राक्सन (अटोमेटिक) एक लाख ४६ हजार दुई सय २८ र आरएनए एक्स्ट्राक्सन (म्यानुअल) दुई लाख ८३ हजार सात सय ४८ छ । सरकारसँग दिनमा २५ देखि ३० हजारसम्म पिसिआर परीक्षण क्षमताका प्रयोगशाला छन् । तर, स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. कृष्ण पौडेल दैनिक पिसिआर कति गर्ने भन्ने अहिले नै योजना नबनाएको बताउँछन् । ‘हामीसँग परीक्षणको क्षमता दैनिक २५ देखि ३० हजारसम्मको छ,’ उनले भने । तर, अहिले सरकारसँग रहेको किटले यो दरमा परीक्षण गर्दा पाँच दिनलाई पनि पुग्दैन । विगतमा संक्रमण तीव्र हुँदा सरकारी ल्याबमा दैनिक २० हजारसम्म पिसिआर परीक्षण भएको थियो । 

हाल निजी प्रयोगशालाले धेरै पिसिआर परीक्षण गरे पनि उनीहरूसँग कति किट छ भन्ने पनि तथ्यांक छैन । देशभर पिसिआर परीक्षण गर्न ५९ सरकारी र निजी ४५ गरी एक सय चार प्रयोगशाला छन् । सरकारसँग एन्टिजेन किट भने ६ लाख ४८ हजार दुई सय ४४ नमुना परीक्षण गर्न पुग्ने छ । सरकारले हाल भारतसँगको नाकामा एन्टिजेन परीक्षण गरिरहेको छ । यो पूर्ण भरपर्दो मानिँदैन । एन्टिजेन परीक्षणमा पजिटिभ रिपोर्ट आए फेरि पिसिआर गरेर कोरोना हो–होइन निश्चित गर्ने गरेको छ । एन्टिजेन परीक्षणमा नेगेटिभ रिपोर्ट आउनेलाई घर पठाउने गरेको छ । सरकारले देशभर दैनिक तीनदेखि पाँच हजार नमुनाको एन्टिजेन परीक्षण गर्दै आएको छ । संक्रमण तीव्र भएर मास परीक्षण गर्नुपर्‍यो भने यो एन्टिजेन किट पनि १० दिनलाई भन्दा नपुग्ने स्वास्थ्य मन्त्रालयका अधिकारीहरू बताउँछन् ।

अवस्था बुझेर खरिद प्रक्रिया अगाडि बढाउँछौँ
डा. रुद्र मरासिनी, प्रमुख, स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा

संक्रमण यसरी एक्कासि बढ्ला भनेर सोचिएकै थिएन, तर एक्कासि केस बढ्न थाल्यो । अब देशभर रहेका परीक्षण किटको अवस्था बुझेर खरिद प्रक्रिया अगाडि बढाउँछौँ ।

See More On

सुझावित समाचार