मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७८ पौष २३ शुक्रबार २१:०१:००
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

लोकगायक राजु परियार गृहजिल्लामा सम्मानित 

Read Time : < 1 मिनेट
२०७८ पौष २३ शुक्रबार २१:०१:००

लोक तथा दोहोरी गायक राजु परियार सम्मानित भएका छन् । लोकगायक परियारलाई नेकपा एमाले लमजुङले सम्मान गरेको हो । लमजुङको बेँसीसहर नगरपालिका– २ चिसापानीमा जन्मिएका गायक परियारलाई एमाले लमजुङको शुक्रबार सुन्दरबजार– ७ स्थित कृषि क्याम्पसको खेलमैदानमा भएको आठौँ जिल्ला अधिवेशन उद्घाटन सत्रको अवसरमा सम्मान गरिएको हो ।

परियारलाई एमालेको केन्द्रीय उपमहासचिव एवं गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सम्मानपत्र  र नेकपा एमाले जिल्ला संगठन कमिटी लमजुङका अध्यक्ष कृष्णप्रसाद अधिकारीले फूलको माला लगाएर सम्मान  गरेका हुन् ।

लोकलयलाई गायनका माध्यमबाट नेपाली सांगीतिक आकाशलाई चम्किलो बनाउन सफल, स्थानीय लोकभाकालाई टपक्क टिपेर अन्तरजडित मुर्छनाबाट गाउँबस्तीका प्राकृतिक सुन्दरता, सामाजिक विभेद र युगल भावलाई लोकगीतका माध्यमबाट विश्वभर चिनाउन सफल भएको भन्दै सम्मान गरेको नेकपा एमालेका अध्यक्ष अधिकारीले बताए । परियारले  १३ हजार बढी गीतमा स्वर दिएका छन् ।