Skip This
संवाद भएन भने संसद् चलाउन भण्डाफोर गर्छौं  : गगन थापा 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
२o८१ बैशाख २६ बुधबार १७:२८:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

संवाद भएन भने संसद् चलाउन भण्डाफोर गर्छौं  : गगन थापा 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार १७:२८:oo

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसद् चलाउन एमालेसँग संवाद हुन नसके भण्डाफोर गर्ने बताएका छन् । शुक्रबार कार्यकर्ता प्रशिक्षण कार्यक्रममा गोरखा पुगेका नेता थापाले थापाले एमाले अध्यक्ष केपी ओलीप्रति लक्षित गर्दै सांसदले चोक र चौतारीमा होइन संसदमा बोल्ने बताए । संसद्लाई बन्धक बनाएर केपी ओली गाउँ डुलेर हिँडेको आरोप लगाए ।  

‘संसदबाट पारित गर्नुपर्ने दर्जनौँ कुरा छन्,’ उनले भने, ‘अब संसद् चलाउने विषयमा छलफल संवाद हुन्छ, होइन भने भण्डाफोर हुन्छ ।’ पुर्नस्थापना भएको संसद्लाई योजनाबद्ध ढंगले चल्न नदिइएको भन्दै उनले संसद् अवरुद्ध गर्ने नेपाल कम्युनिस्ट पार्टी एमालेको आलोचना गरे । ‘संसद्लाई पंगु बनाउने कोसिस गरिएको छ, संसदीय व्यवस्था कामै नलाग्ने व्यवस्था हो भन्ने स्थापित गर्न खोजिँदै छ,’ उनले भने ।

अर्काे एक प्रसंगमा थापाले न्यायालयलाई अप्ठ्यारो बाटोबाट बाहिर निकाल्न कांग्रेसले कठोर निर्णय लिने पनि उल्लेख गरे । अदालतलाई अहिलेको अप्ठ्यारोबाट बाहिर निकाल्नु कांग्रेसको धर्म भएको बताउँदै उनले भने, ‘कि त्यहाँभित्र संवादबाट स्थिति सामान्य हुनुपर्छ, होइन भने नेपाली कांग्रेसले कठोर निर्मम निर्णय लिनुपर्ने हुन सक्छ ।’ अदालतका प्रमुखले अदालतलाई सही ढंगले चलाउन सक्नुभएन भने प्रमुख त्यहाँबाट हट्नुपर्छ र अदालत सही ढंगले चल्नुपर्ने उनले बताए । कांग्रेस सरकार चलाउने पार्टी भएकाले झुक्नुपर्ने ठाउँमा झुक्न तयार भएको बताए । उनले संसद् चलाउन कांग्रेस विनम्र हुनेसमेत बताए । कम्युनिस्ट पार्टीले थिलथिलो पारेको व्यवस्था र अवस्थालाई कांग्रेसले सम्हाल्ने वेला आएको उनले बताए । 

अहिले सरकारी गठबन्धनमा रहेका दलहरूसँग राष्ट्रिय सभा चुनावको अवधिसम्म मात्रै चुनावी तालमेल हुने उल्लेख गरे ।  त्यसपछिको निर्वाचनमा कांग्रेस एक्लै लड्ने आधार तयार गर्न कार्यकर्ताहरू लाग्नुपर्ने उनले बताए । ‘हाम्रो पार्टीलाई संग्रहालयमा पुर्‍याइदिन्छौँ भनेको कुरा हामीले बिर्सिएका छैनौँ,’ अगामी चुनावमा तालमेलका सम्भावना नरहेको इंकित  गर्दै थापाले भने, ‘अब कांग्रेसका कार्यकर्ताले रुखबाहेक अन्यत्र छाप लगाउनुपर्ने अवस्था आउँदैन ।’ 

ad
ad