१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार o९:४८:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

नारायणी नदीमा ४० हजार माछाका भुरा छाडियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o९:४८:oo

नारायणी नदीमा ४० हजार माछाका भुरा छाडिएको छ । जलीय जैविक विविधता संरक्षण तथा प्राकृतिक जलाशयमा आश्रित समुदायको आयस्तर अभिवृद्धिका लागि स्थानीय जातका माछा नदीमा छाडिएको हो । 

प्राकृतिक जलाशय मत्स्य प्रवद्र्धन एवं संरक्षण केन्द्र हेटौँडा मकवानपुरले रहु र नैनी जातका माछाका भुरा छाडेको कार्यालय प्रमुख सरोजकुमार यादवले बताए । कार्यालयले अघिल्लो वर्ष पनि नारायणीमा ४० हजार भुरा छोडेको थियो । यसपटक संख्या बढाउँदै स्याङ्जास्थित काली नदी र कोसी नदीमा पनि माछाका भुरा छोड्ने कार्यालयको योजना छ । कार्यालयले मकवानपुरको सामरी नदीमा यसअघि नै ३४ हजार माछाका भुरा छाडिसकेको छ । 

खोलानालामा फोहोरका ढल मिसाउने, विषादी हाल्ने, करेन्ट लगाउने, पासो थाप्नेलगायतका कारणबाट जलचर मासिनेक्रम बढेकाले यसको संरक्षण गरी नदीमा आश्रित समुदायको जीवनस्तर विकासका लागि सहयोग गर्न यादवले अनुरोध गरेका छन् । यो अभियानअन्तर्गत मेचीदेखि महाकालीसम्म नदीनालाको अध्ययन गरी जलाशयमा आश्रित समुदायसँगै संकटमा रहेका माछाका समेत भुरा छाडी उनीहरूको प्रवद्र्धन गर्ने उद्देश्यसमेत रहेको उनले बताए ।  

ad
ad