Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ पौष २२ बिहीबार १९:१८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भारतले महाकालीमा पुल निर्माण गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ पौष २२ बिहीबार १९:१८:००

भारत सरकारले सुदूरपश्चिमको दार्चुला र उत्तराखण्डको धार्चुला जोड्ने महाकाली नदीमा पुल निर्माण गर्ने निर्णय गरेको छ । भारतको मन्त्रिपरिषद् बैठकले पुल निर्माण गरिदिने निर्णय गरेको भारत सरकारका प्रवक्ता एवं सूचना तथा प्रसारणमन्त्री अनुराग ठाकुरले बताएका छन् ।

बिहीबार नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री ठाकुरले भने, ‘हाम्रो क्याबिनेट बैठकले महाकाली नदीमाथि पुल निर्माण गर्ने निर्णय गरेको छ । यसका लागि छिट्टै समझदारीपत्रमा हस्ताक्षर हुनेछ । यसले उत्तराखण्ड र नेपालमा बसोबास गर्ने आममानिसका लागि फाइदा दिनेछ ।’

प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणमा यससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने तयारी थियो । तर, गुजरात सम्मेलन स्थगित भएसँगै प्रधानमन्त्रीको भारत भ्रमण पनि रोकिएको छ । 

यद्यपि, उपयुक्त समयमा पुल निर्माणसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्ने दुवै सरकारको तयारी छ । बुधबार बसेको नेपाल सरकार मन्त्रिपरिषद् बैठकले पनि भारतीय सहयोगमा पुल निर्माणसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्ने निर्णय गरेको थियो ।