१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार o६:५७:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

क्रिकेटमा कोरोना कहर : भारतमा घरेलु प्रतियोगिता भटाभट स्थगित

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o६:५७:oo

 कोरोना भाइरस (कोभिड–१९) संक्रमण दर फेरि बढेपछि भारतमा घरेलु क्रिकेट प्रतियोगिताहरू प्रभावित हुन थालेका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले घरेलु क्रिकेटअन्तर्गत रणजी ट्रफी, सिके नायडु तथा सिनियर महिला टी–१० लिग संक्रमण दर बढेकै कारण स्थगित गरेको छ । यसको प्रभाव आसन्न इन्डियन प्रिमियर लिग (आइपिएल) को अक्सनमा समेत पर्न सक्ने भारतीय मिडियाहरूले जनाएका छन् । 

यस सिजनमा आइपिएलको मेगा अक्सन १२ र १३ फेब्रुअरीमा बेंग्लोरमा हुने तय भएको छ । अर्को महिनासम्म कोरोना संक्रमण दर नियन्त्रणमा नआए आइपिएलको मेगा अक्सन निर्धारित समयमा हुन नसक्ने एजेन्सीहरूले दाबी गरेका छन् । अक्सनमा सहभागी हुने फ्रेन्चाइज टोलीहरू बिसिसिआईको निर्णयको प्रतिक्षामा छन् । ‘कोरोना संक्रमणको पछिल्लो अवस्था हेरिरहेका छौँ, अहिले यही नै भन्न सक्ने अवस्था छैन,’ बिसिसिआईका अध्यक्ष सौरभ गांगुलीले भने, ‘अर्को महिनाभित्र अवस्था कस्तो हुन्छ, त्यहीअनुसार निर्णय हुनेछ ।’ 

गत वर्षजस्तै अवस्था आए आइपिएलको अक्सन तत्काल हुने सम्भावना कम भएको बिसिसिआईले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘अहिलेसम्म योजना परिवर्तन भएको छैन, मेगा अक्सन मिति फेरबदल हुने छैन,’ बिसिसिआईले भनेको छ, ‘तर, सरकारले कोरोना नियन्त्रण गर्न केही निर्णय सार्वजनिक ग¥यो भने हामीले पनि विचार गर्नुपर्छ ।’ बिसिसिआईले कोरोनाको असर कम भएको सहरमा अक्सन गर्ने योजना पनि बनाएको छ । तर, यसका लागि पनि सरकारबाट अनुमति लिनुपर्छ । आइपिएल गराउन मिल्ने वा नमिल्ने स्थानसम्बन्धी निर्णय पनि बिसिसिआईले सरकारकै अनुमतिका आधारमा गर्नेछ । 

पन्जाब किंग्स इलाभेनले अक्सनमा ७२ करोड भारु खर्चन सक्छ । यसैगरी, राजस्थान रोयल्सले ६२ करोड र सनराइजजर्स हैदरावादले ६८ करोड बजेट राखेका छन् । आइपिएलको साबिक विजेता चेन्नई सुपर किंग्स, उपविजेता कोलकता नाइटराइडर्स र मुम्बई इन्डियन्सले समान ४८ करोड अक्सनमा खर्चन सक्छन् । सबैभन्दा कम दिल्ली क्यापिटल्ससँग ४७ करोड ५० लाख बजेट बाँकी छ । यसैगरी, रोयल्स च्यालेन्जर्स बेंग्लोरले ५७ करोडका साथ अक्सनमा खेलाडी छान्न सक्नेछ । 

कोरोनाले सतायो बिगवासमा 
अस्ट्रेलियामा जारी बिग वास फ्रेन्चाइज लिग क्रिकेट प्रतियोगितामा कोरोना महामारीको असर देखिएको छ । बुधबारसम्म मेलबर्न स्टार्सका २० सदस्यमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । जसमा अलराउन्डर ग्लेन म्याक्सवेलसहित अन्य १३ खेलाडी समेत संक्रमित भएको क्रिकेट अफ अस्ट्रेलियाले जनाएको छ । 

‘मेलबर्नका कप्तान ग्लेन म्याक्सवलको परीक्षण पजिटिभ आएको छ, उनलाई आइसोलेसनमा पठाएका छौँ,’ मेलबर्नले जारी गरेको विज्ञप्तिमा भनिएको छ । बिग बासमा खेलाडी संक्रमित भएपछि यसको असर अस्ट्रेलिया र इंग्ल्यान्डबीचको एसेज सिरिजमा समेत हुने देखिन्छ । म्याक्सवेल पहिलो दुई टेस्टमा थिएनन् । 

चौथो टेस्टमा टोलीमा फर्कन सक्ने म्याक्सवेललाई कोरोना लागेपछि उनी बाहिर रहन सक्छन् । यसैगरी अस्ट्रेलियन टोलीका मध्यम गतिका बलर ट्रेविस हेड पनि संक्रमित भएका छन् । खेलाडी मात्र नभएर क्रिकेट अफ अस्ट्रेलियनका सिइओ निक हाक पनि संक्रमित भएका छन् । 

ad
ad