मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ पौष २१ बुधबार
  • Saturday, 12 July, 2025
२o७८ पौष २१ बुधबार १o:o८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जुम्लामा सडक अतिक्रमण गरी बनेका घरटहरा भत्काइँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ पौष २१ बुधबार १o:o८:oo

जुम्लामा सडक अतिक्रमण गरी निर्माण गरिएका घरटहरा र पर्खाल भत्काउन थालिएको छ । चन्दननाथ नगरपालिकाले सडक डिभिजन कार्यालय जुम्ला र प्रहरी प्रशासनको समन्वयमा सडक अतिक्रमण गरी निर्माण गरिएका घरटहरा भत्काउन सुरू गरेकाे हाे ।

सडक अतिक्रमण गरी निर्माण गरिएका घरटहरा र सडकमा जथाभावी फालिएका निर्माण सामग्री हटाउन प्रमुख जिल्ला अधिकारी विजयकुमारी प्रसाईं, प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्द, सशस्त्र प्रहरी बलका एसपी गगन श्रेष्ठ, चन्दननाथ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत क्षेत्रबहादुर बुढ्थापा, नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतलगायतकाे टाेली कडा सुरक्षाका साथ सडकमा खटिएकाे छ ।

सडक डिभिजन कार्यालय जुम्लाले कर्णाली राजमार्ग फराकिलो पार्न  दायाँबायाँ गरी १५ मिटर सडक क्षेत्रफल छुट्याएको छ । चन्दननाथ नगरपालिका नायव सुब्बा लक्ष्मीचन्द्र न्यौपानेका अनुसार १५ मिटर सडक अतिक्रमण गरी घरटहरा निर्माण भएका छन् । यसले सडक साँघुरो हुँदै गएको र सवारी दुर्घटना पनि बढेपछि सरोकारवाला निकायको समन्वयमा अतिक्रमण  गरी बनेका घर टहरा भत्काउन थालिएको हो ।  

सशस्त्र प्रहरी बल जुम्लाका एसपी गगन श्रेष्ठले सडकमा जथाभावी घरटहरा निर्माण हुँदा सवारी दुर्घटनाको चुनौती बढेपछि भत्काउन थालिएको बताए । सडक डिभिजन कार्यालय र चन्दननाथ नगरपालिकामार्फत घरटहरा हटाउन सूचना जारी गरिएको थियो । तर, स्थानीयले आफैँ नहटाएपछि डोजर लगाएर भए पनि घरटहरा हटाउनुपरेको श्रेष्ठले बताए ।