१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १८:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

शिक्षकका लागि छुट्टै अस्पताल निर्माण गछौँ : मन्त्री पौडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १८:२९:oo

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षकहरूको उपचारका लागि छुट्टै अस्पतालको निर्माण गर्ने बताएका छन् । बागलुङको बलेवास्थित गणेश माध्यामिक विद्यालयको ४१औँ वार्षिकोत्सव मूल समारोहको मंगलबार उद्घाटन गर्दै पौडेलले शिक्षकहरू बिरामी पर्दा उपचारमा सहजताका लागि नेपाल सरकारले शिक्षक अस्पताल निर्माण गर्ने योजना बनाएको बताएका हुन् । 

उनले मन्त्रिपरिषदबाट निर्णय गराएर तत्काल कार्यान्वयनमा लैजाने जानकारी दिए । पौडेलले सामुदायिक विद्यालयको शिक्षा सुधारका लागि मन्त्रालय छुट्टाछुट्टै कार्ययोजनाका साथ अगाडि बढेको बताउँदै शिक्षा क्षेत्रको सुधार हुनेमा अभिभावक, शिक्षक र विद्यार्थीलाई ढुक्क हुन आग्रह गरेका थिए । 

‘लामो समयदेखि अल्झिएको शिक्षा ऐनलाई मन्त्रालयले अगाडि सार्ने योजना बनाएको छ,’ उनले भने, ‘यही ऐनमा टेकेर मन्त्रालय र विभागले शिक्षकको दरबन्दी पदपूर्तिका लागि १८ हजार दरबन्दीमा तत्काल शाेधभर्ना गर्ने गरी योजना अगाडि बढाएका छौँ । ऐन आएसँगै नेपालको शिक्षा क्षेत्रको विकासमा सहज हुनेछ ।’ 

उनले सम्पूर्ण सेवा निवृत शिक्षकको हितका लागि हरेक ठाउँमा पुस्तकालयको व्यवस्थापन गर्ने बताए । पौडेलले समाजवादउन्मुख राज्य प्रणाली स्थापनाका लागि शिक्षा क्षेत्रबाट गर्नुपर्ने शैक्षिक सुधार, आवश्यक जनशक्ति उत्पादन र नीतिगत सुधार गर्न आफ्नो तर्फबाट सकेको काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले आफनो गृहजिल्ला बागलुङ र बलेवा क्षेत्रको शैक्षिक क्षेत्रको विकासका सहयोग गर्न तयार रहेको पनि बताए । 

कार्यक्रममा बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले सामुदायिक विद्यालयको संस्थागत विकासका लागि स्थानीय तहको महत्वपूर्ण भूमिका हुने बताए । 

ad
ad