मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ पौष १८ आइतबार
  • Friday, 28 August, 2026
२o७८ पौष १८ आइतबार ११:४o:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

रसुवामा ग्लोबल आइएमई बैंकको निःशुल्क स्वास्थ्य शिविर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ पौष १८ आइतबार ११:४o:oo

रसुवामा महिलाहरूको स्वास्थ्यलाई मध्यनजर राख्दै ग्लोबल आइएमई बैंकले एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। जिल्लाको नौकुण्ड गाउँपालिका– ३ पारच्याङमा बैंकले एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो।

आर्थिक अवस्था कमजोर भई अस्पतालको पहुँचबाट टाढा रहेका ग्रामीण भेगका महिलाहरूलाई लक्षित गरी बैंकले आफ्नो १५औँ वार्षिकोत्सवको अवसरमा शिविर सञ्चालन गरेको ग्लोबल आइएमई बैंक नौकुण्ड शाखाका प्रबन्धक रमेश पनेरूले जानकारी दिए। शिविरमा आङ खस्ने, महिनावारी गडबडी र अस्थायी तथा स्थायी बन्ध्याकरण सेवाहरू प्रदान गरिएको थियो।