१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १३:o७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हुम्लाको सायाँ स्वास्थ्यचौकीमा औषधि अभाव, बिरामी रित्तो हात फर्कन बाध्य (भिडियो)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:o७:oo

हुम्लाको मध्यभेगमा पर्न सर्केगाड गाउँपालिकाको केन्द्र रहेको सायाँ स्वास्थ्यचौकीमा औषधिको चरम अभाव भएको छ। स्वास्थ्यचौकीमा औषधि अभाव भएपछि बिरामी रित्तो हात घर फर्किन बाध्य ‍‍भएका छन्।

सर्केगाड गाउँपालिका– ३ की हजारी फडेरा पेट दुख्ने समस्या भएपछि करिब दुई घन्टा पैदल हिँडेर स्वास्थ्यचौकी पुगिन्। तर, स्वास्थ्यचौकीमा औषधि नहुँदा उनले निजी मेडिकलबाट महँगो मूल्यमा औषधि किन्न बाध्य भएको दुःखेसो गरिन्। स्वास्थचौकीमा औषधि नभएपछि दुःख मात्रै पाएको फडेराले बताइन्।

उनी एक प्रतिनिधि पात्र मात्र हुन्। सर्केगाड गाउँपालिका, सायाँ, दुल्ली, मुण्डीलगायतका स्थानीयहरूले स्वास्थ्यचौकीमा औषधि नपाउँदा सास्ती खेप्दै आएका छन्। स्थानीयहरू घन्टाैं हिँडेर स्वास्थ्यचौकी पुग्छन्, तर औषधि नपाएर खालीहात फर्कन्छन्। स्वास्थ्यचौकीमा निःशुल्क पाइने औषधिलाई निजी मेडिकलमा महँगो मूल्य तिर्न बाध्य छन्।

गाउँपालिकाको चरम लापरबाहीका कारण बिरामीले महिनौँदेखि यस्तो सास्ती भोग्दै आएका छन्। सायाँ स्वास्थ्यचौकीकी अनमी बिजौरा शाहीका अनुसार महिलाहरूले प्रयोग गर्ने पिल्स चक्की पनि नभएको बताइन्। ‘स्वास्थचौकी नखोलेपछि किन खोलेनौ भन्छन्, खोलौँ ओैषधि छैन,’ शाहीले दुःखेसो पोखिन्।

गाउँपालिकाले चासो नदिँदा स्वास्थ्यचौकीमा औषधि नभएको अहेव धर्मराज शाहीले बताए।  ‘बिरामी आउँछन् गाली गर्छन्, तर स्वास्थ्यचौकीमा औषधि छैन,’ अहेव शाहीले भने, ‘बिरामी आएर स्वास्थ्यचौकीमा आगो लगाउँछौँ भनेर धम्की दिन्छन्।’ गाउँपालिकाले औषधि ल्याउन चासो नदिएर लापरबाही गर्दा नियमितजसो सास्ती खेप्नुपरेको भन्दै स्थानीयवासी आक्रोशित बनेका छन्।