१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार o९:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

स्वर्ण पदक विजेता विद्यार्थीलाई  नेपाल बैंकको सम्मान 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o९:५२:oo

नेपाल बैंक लिमिटेडले स्वर्ण पदक विजेता विद्यार्थीलाई सम्मान गरेको छ । बैंकले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत स्नातक तहमा सर्वोत्कृष्ट स्थान हासिल गरी नेपाल बैंक लिमिटेड छत्रमानसिंह केसी स्वर्ण पदक प्राप्त गर्न सफल छात्रा बबिता ग्वाछालाई सम्मान गरेको हो ।

बैंकको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले नेपाल बैंक लिमिटेडको नाममा स्थापित छत्रमानसिंह केसी स्वर्ण पदक प्राप्त गरेकोमा पदक विजेता ग्वाछालाई बधाई दिँदै सम्मान गरेको बैंकले जनाएको छ । ग्वाछाले भविष्यमा अझ धेरै सफलता प्राप्त गर्न र नेपाल बैंकको गरिमा बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरेको उनको भनाइ थियो । 

भक्तपुरको बागेश्वरी कलेजमा अध्ययनरत छात्रा ग्वाछालाई त्रिभुवन विश्वविद्यालयको ४७औँ दीक्षान्त समारोहको अवसरमा प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले पदक प्रदान गरेका थिए । बैंकले २०२२ सालमा एक लाख रुपैयाँको अक्षय कोष स्थापना गरी सुरु भएको उक्त पदक त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायमा सर्वोत्कृष्ट हुनेलाई प्रत्येक वर्ष प्रदान गर्ने गरिएको बैंकले जनाएको छ ।  

ad
ad