१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १६:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

तमु ल्होसारले नेपालको विकासमा गुरुङ समुदायको योगदान उजागर गर्छ : प्रधानमन्त्री देउवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १६:o१:oo

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तमु समुदायको भाषा, संस्कृतिको संरक्षण, संवर्द्धन गर्न सरकारले सहयोग गर्ने बताएका छन्। बिहीबार तमु ल्होसारको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्।

उनले आजको पर्वले मुलुकको आर्थिक तथा सामाजिक विकासमा गुरुङ समुदायले पुर्‍याउँदै आएको योगदानलाई उजागर गर्न र सो समुदायको सभ्यता र संस्कृतिलाई अन्य समुदायसमक्ष चिनाउन मद्दत गर्ने बताए। प्रधानमन्त्री देउवाले ल्होसार पर्वले तमु समुदायहरूमा विभिन्न वर्ग, संस्कृति, समुदाय र क्षेत्रसँग सम्बद्ध नागरिकको बीच आपसी मेलमिलाप, श्रद्धा र सहिष्णुता सुनिश्चित गर्न पनि सहयोग पुग्ने विश्वास लिएको बताए।

‘आजको पर्वले मुलुकको आर्थिक तथा सामाजिक विकासमा गुरुङ समुदायले पुर्‍याउँदै आएको योगदानलाई सबै सक्षम उजागर गर्न र यस समुदायको सभ्यता र संस्कृतिलाई अरू समुदायसमक्ष चिनाउन मद्दत गर्ने विश्वास लिएको छु। यो पर्वले काठमाडौं उपत्यकाभित्र र बाहिर रहेका तमु समुदायहरू विभिन्न वर्ग, संस्कृति, समुदाय र क्षेत्रसँग सम्बद्ध नागरिकको बीच आपसी मेलमिलाप, श्रद्धा र सहिष्णुता, सुनिश्चित गर्न पनि सहयोग पुग्ने विश्वास लिएको छु। तमु समुदायको भाषा, संस्कृति, संविधानको संरक्षण संवर्द्धन गर्न नेपाल सरकारले सहयोग गर्ने विश्वास दिलाउन चाहन्छु,’ प्रधानमन्त्री देउवाले भने।

ad
ad