१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १७:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

माओवादी महाधिवेशन : १० समूहका ११ नेताले सके रिपोर्टिङ, बाँकीको भोलि 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १७:५५:oo

नेकपा (माओवादी केन्द्र) को जारी महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको वैचारिक तथा राजनीतिक दस्ताबेज र नेता देव गुरुङले प्रस्तुत गरेको विधान मस्यौदा प्रस्तावमाथि १० समूहका ११ नेताले समूहको निष्कर्ष बन्दसत्रमा प्रस्तुत गरेका छन्। बुधबारको बन्दसत्रमा १० समूहका नेताले आफ्नो समूहको निष्कर्ष प्रस्तुत गरेका हुन्। बाँकी समूहका नेताले बिहीबार आफ्नो समूहको निष्कर्ष बन्दसत्रमा प्रस्तुत गर्ने भएका छन्। 

बुधबार सल्लाहकार समूहको तर्फबाट रामनारायण बिडारी, प्रदेश २ बाट सत्यनारायण भगत, आयोगको तर्फबाट टंक राई, गण्डकी प्रदेशबाट गायत्री गुरुङ, प्रदेश १ बाट अजम्बर काम्वाङ राई र हर्कबहादुर नेम्बाङ, प्रवास समन्वय समितिबाट मनऋषि धिताल, बागमती प्रदेशबाट सरल सहयात्री, केन्द्रीय विभागबाट गीता पनेरू, सुदूरपश्चिम प्रदेशबाट मीनबहादुर कुँवर र कर्णाली प्रदेशबाट विमला केसीले समूहको निष्कर्ष प्रस्तुत गरेका छन्। 

आठौँ राष्ट्रिय महाधिवेशनको पाँचौँ दिन बिहीबार बिहान ११ बजेदेखि बन्दसत्र सुचारु हुने प्रचारप्रसार उपसमितिले जनाएको छ। 

बुधबारको बन्दसत्रको सुरुमा अध्यक्षमण्डलका सदस्य गिरिराजमणि पोखरेलले बन्दसत्र सञ्चालनसम्बन्धी आचारसंहिता सुनाउनु भएपछि बन्दसत्रको कार्यक्रम अगाडि बढेको थियो।

समूहगत छलफलको निष्कर्ष प्रस्तुति बुधबार दिउँसो सवा १ बजेबाट बन्दसत्रमा सुरु भएको थियो। राजनीतिक दस्ताबेज र विधान मस्यौदामाथि छलफल गर्न प्रतिनिधिहरूलाई २५ वटा समूहमा विभाजित गरेर मंगलबार बिहानदेखि बुधबार मध्याह्न १२ बजेसम्मको समय छुट्याइएको थियो।
 

ad
ad