१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
हदिश खुद्दार जनकपुरधाम
२o८१ बैशाख २० बिहीबार १९:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

प्रदेश २ को नाम र राजधानी टुंग्याउन विशेष समिति गठन  

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १९:४१:oo

प्रदेश २ को नाम र राजधानीमा दलीय सहमति नभएपछि सभामुख सरोजकुमार यादवको संयोजकत्वमा विशेष समिति गठन गरिएको छ। समितिमा उपसभामुख उपमा देव उपसंयोजक र बाँकी दलका सांसदहरूलाई सदस्यमा राखिएको छ। समितिमा प्रत्येक पार्टीबाट दुईजना सांसद राखिएको छ भने जसपाबाट ३ जना सांसद समितिमा सदस्य रहेका छन्। 

समितिका सदस्यहरूमा कांग्रेस सांसद शिवचन्द्र चौधरी,उपेन्द्र कुश्वाहा,जसपाका विन्देश्वर यादव ‘बिक्की’,संजय यादव र शैलेन्द्रकुमार यादव, माओवादीका जगत यादव र दिलीप साह, एमालेका शारदा थापा र  किशोरी साह कमल, लोसपाका परमेश्वर साह र सुरिता साह रहेका छन्। त्यसैगरी, सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका सत्रुधन महतो र सुन्दरबहादुर विश्वकर्मा र नेपाल संघीय समाजवादी पार्टीबाट सावित्रीदेवी साह रहेका छन्।   

समितिले प्रदेशको नाम र राजधानीको विषयमा दलहरूले राखेको प्रस्तावको अध्ययन, छलफल तथा दलहरूबीच अन्तर्क्रिया गरी दलीय सहमतिको प्रयास गर्नेछ। समितिले काम थालेको १५ दिनभित्रमा प्रतिवेदन सभामा पेस गर्न म्याद तोकिएको छ। अहिले प्रदेशको नामसम्बन्धी ५ वटा प्रस्ताव र राजधानीको विषयमा दुईवटा प्रस्ताव प्रदेश सभामा दर्ता भएका छन्। 
जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र माओवादी केन्द्रले प्रदेश २ को नाम मधेस प्रस्ताव गरेको छ भने एमाले र नेकपा एसले जानकी,कांग्रेसले मिथिला–भोजपुरा नाम प्रस्ताव गरेका छन्। कांग्रेसका केही सांसदले मध्य मधेस नाम राख्नुपर्ने भन्दै छुट्टै प्रस्ताव दर्ता गराएका छन्।
 
 

ad
ad