मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० असोज ५ शुक्रबार
  • Friday, 22 September, 2023
नयाँ पत्रिका काठमाडौं
२०७८ पौष १३ मंगलबार ०६:१९:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नबिल बैंकबाट खल्ती वालेटमा पैसा राख्न सकिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ पौष १३ मंगलबार ०६:१९:००

अनलाइन भुक्तानी सेवाप्रदायक कम्पनी ‘खल्ती डिजिटल वालेट र नबिल बैंकबीच सम्झौता भएको छ । अबदेखि नबिल बैंकका ग्राहकले खल्ती वालेटमा विनाझन्झट सीधै नबिल स्मार्ट बैंक एपमार्फत पैसा राख्न सक्नेछन् । 

यो साझेदारीले बैंक तथा वालेटका ग्राहकले सहज भुक्तानी सेवा पाउने खल्तीका सिइओ विनय खड्काको छ । नबिल बैंकका सिइओ अनिलकेशरी शाहले बैंकका ग्राहकलाई डिजिटल भुक्तानी सेवा पुर्‍याउन खल्तीसँग सहकार्य गरेको बताए ।

खल्तीका २० लाखभन्दा बढी प्रत्यक्ष सेवा प्रयोगकर्ता रहेको बताइएको छ । यस्तै, नबिलका देशभर एक सय ३५ शाखा कार्यालय, एक सय ८७ एटिएम र १५ सयभन्दा बढी नबिल रेमिट एजेन्टहरू रहेका छन् ।