Skip This
लालीगुराँस सहकारीले थप सात सुविधा केन्द्र विस्तार गर्ने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २९ शनिबार
  • Saturday, 11 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २९ शनिबार o५:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

लालीगुराँस सहकारीले थप सात सुविधा केन्द्र विस्तार गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २९ शनिबार o५:५२:oo

लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाले काठमाडौं उपत्यकासहित देशभरका सात स्थानमा सुविधा काउन्टर सञ्चालन गर्ने भएको छ । संस्थाले निकट भविष्यमा काठमाडौंको नयाँबजार, महाराजगन्ज, ललितपुरको कुमारीपाटी, चितवनको भरतपुर, कास्कीको पोखरा, गोरखाको सिरानचोक र मकवानपुरको हेटौँडामा सदस्य सुविधा काउन्टर सञ्चालन गर्ने तयारी गरेको हो ।

संस्थाका अध्यक्ष अमरदास श्रेष्ठको अध्यक्षतामा भएको २२औँ वार्षिक साधारणसभाले पाँचवर्षे रणनीति बनाएर लागू गर्ने योजना सार्वजनिक गरेको छ । कार्यक्रममा संस्थाका सचिव एवं प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले देशभर सञ्चालित करिब ३४ हजार सहकारीमध्ये लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड उत्कृष्ट संस्थाका रूपमा पहिचान बनाउन सफल रहेको बताए ।   

कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वसदस्य एवं अर्थविज्ञ डा. जनकराज शाहले सहकारीमार्फत देशको आर्थिक विकास गर्न सहकारीमैत्री कानुन निर्माण गर्नुपर्नेमा जोड दिए । सहकारीको सेयर सदस्यको संख्या बढेर करिब २२ हजार पुगेको छ । संस्थाले आफ्नो लगानीमा चितवनको खैरहनीमा देशकै सर्वाधिक ठूलो गाई फार्म ‘श्री लालीगुराँस डेरी फार्म एन्ड रिसर्च सेन्टर’ सञ्चालन गरेको छ  । संस्थाले गत वर्षदेखि ललितपुरको गोदावरीमा ‘श्री लालीगुराँस दुग्ध प्रशोधन उद्योग’समेत सञ्चालन गरेको छ । साधारणसभाले सेयर सदस्यहरूलाई १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साधारणसभामा संस्थाका सर्वाेत्कृष्ट कर्मचारीमा श्रीमती पविता थापा र उत्कृष्ट कर्मचारीमा श्रीमती उर्मिला मगरलाई प्रशंसापत्र तथा नगद पुरस्कारसहित सम्मान गरिएको छ । साथै, १५ वर्ष स्थायी सेवा अवधि पूरा गर्ने दीपेश अधिकारीलाई सम्मान गरियो । त्यसैगरी, पाँच वर्ष स्थायी सेवा पूरा गर्ने शशिकला भण्डारी, रवीन्द्र महर्जन, किशोरी महत, चित्रा जिमी, तारालक्ष्मी सुनुवार, शोभा भण्डारी र सीता अधिकारी गरी सातजना कर्मचारीलाई सम्मान गरिएको छ । 

ad
ad