मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:५३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

तरलता अभावले निर्माण उद्योग संकटमा : महासंघ अध्यक्ष सिंह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:५३:oo

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले वित्तीय प्रणालीमा तरलता अभावको असरले निर्माण उद्योग संकटमा परेको बताएका छन्। न्युज एजेन्सी नेपालसँगको कुराकानीमा सिंहले बैंकिङ प्रणालीमा तरलता अभावका कारण पछिल्लो समय निर्माण उद्योग जुन गतिमा अघि बढ्नुपर्ने हो त्यो गतिमा बढ्न नसकेको बताएका हुन्।

उनले दुई वर्ष कोरोना महामारीको कारण खर्च भए पनि काम नहुने तथा खर्चअनुसार उत्पादन गर्न नसक्दा निर्माण व्यवसायीहरूले चरम आर्थिक अभाव झेलिरहेको बताए। निर्माण व्यवसायीको बैंकिङ ऋण मात्रै तीन सय ४० अर्ब रहेको, तर सरकारसँग विगत एक वर्षदेखि बारम्बार निर्माण उद्योगमा तरलता अभाव रहेकाले तरलता सहज बनाउन निर्माण व्यवसायीको ५ प्रतिशत धरौटी रकम बैंक ग्यारेन्टीमा फुकुवा गर्न माग गरेको बताए। उनले सरकारले पाँच प्रतिशत धरौटी रकम निर्माण व्यवसायीलाई दिएमा बजारमा भएको तरलता सहज हुने, निर्माणकार्य पनि अगाडि बढ्ने र अर्थतन्त्र पनि चलायमान हुने धारणा राखे।

‘वित्तीय प्रणालीमा तरलता अभावको असरले निर्माण उद्योग संकटमा परेको छ। तरलता अभावका कारण पछिल्लो समय निर्माण उद्योग जुन गतिमा अगाडि बढ्नुपर्ने हो त्यो गतिमा अगाडि बढ्न सकेको छैन। बजारमा हाहाकार भएको तरलता अभावको साथै निर्माण क्षेत्रमा ठेक्का रकमको २० प्रतिशत पेस्कीको विरोध भयो। विरोधपछि २० प्रतिशतबाट कटौती गरी पाँच प्रतिशत कायम गरेकाले पनि विगत दुई वर्षदेखि निर्माण उद्योगले गति लिन सकेको छैन,’ उनले भने।