१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष ६ मंगलबार
  • Friday, 01 November, 2024
दीपक भट्ट रामेछाप
२o७८ पौष ६ मंगलबार १७:३१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कार्यालय प्रमुख नहुँदा खानेपानी योजनाका काम प्रभावित

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
२o७८ पौष ६ मंगलबार १७:३१:oo

विगत दुई महिनादेखि संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय रामेछापमा प्रमुख नहुँदा कार्यालयको काम प्रभावित भएको छ। कार्यालयका आयोजना प्रमुख राजेन्द्र सापकोटाको सरुवा भएको दुई महिना बितिसक्दा पनि संघीय खानेपानी मन्त्रालयले उनको ठाउँमा नयाँ व्यक्ति नपठाउँदा जिल्लामा हुने खानेपानी आयोजनाका सबै कामहरू प्रभावित बनेका हुन्।

कार्यालयमा प्रमुख नहुँदा जिल्लामा सञ्चालित दुई दर्जनभन्दा बढी खानेपानी आयोजनाका कामहरूको भुक्तानी र नयाँ कामको सम्झौतालगायत कामहरू ठप्प भएका छन्। कार्यालयमा लामो समयदेखि प्रमुख नहुँदा कर्मचारीहरूले दुई महिनादेखि तलबभत्तासमेत पाएका छैनन्। मन्त्रालयले आर्थिक कारोबार गर्ने गरी निमित्तको जिम्मेवारीसमेत नदिँदा कार्यालयको लेखाका सबै कामहरू ठप्प भएको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय रामेछापका लेखापाल नवीन केसीले बताए।

‘कार्यालय प्रमुख नहुँदा जिल्लामा सञ्चालित आयोजनाको काम ठप्प भएको विषयमा पटकपटक सम्बन्धित मन्त्रालयमा जानकारी गराउँदासमेत अहिलेसम्म कुनै पनि प्रमुख पठाएको छैन,’ केसीले भने। प्रमुख नहुँदा आयोजनाको बाँकी भुक्तानी रकम, योजना सञ्चालनको लागि दिनुपर्ने पेस्की रकम, नयाँ योजना सम्झौता, मर्मत सम्भारका योजना, कार्यालयमा कार्यरत कर्मचारीको तलबभत्तालगायतका कार्यहरू रोकिएको उनले बताए।